Dabali News

जल तथा मौसम पूर्वानुमान महाशाखाले भन्यो सतर्क हुन, बुधबारसम्म भारी वर्षा हुन सक्ने

२५ असार

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबारदेखि बुधबारसम्म मध्य र पश्चिम भागमा भारी वर्षा हुने अनुमान गरेको छ ।

महाशाखाका अनुसार सोमबार रातिदेखि अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने छ । बुधबारसम्मै मध्य र पश्चिमी क्षेत्रका केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले बुलेटिनमा भनेको छ ।

मंगलबार दिउँसोको समयमा सामान्य बदली रहने र केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने महाशाखाले उल्लेख गरेको छ । ‘साँझ पनि देशभरिनै बदली रही हल्कादेखि मध्यम खालको वर्षा हुने देखिन्छ,’ बुलेटिनमा छ, ‘पूर्व र पश्चिम क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।’

बुधबार पनि दिउँसो देशभरि नै सामान्य बदली भई हल्कादेखि मध्यम खालको वर्षा हुने र मध्य तथा पश्चिम क्षेत्रका केही स्थानमा भारी वर्षा हुने देखिन्छ । जल तथा मौसम विज्ञान विभागले नवलपरासी, कपिलवस्तु, रुपन्देही, दाङ, बाँके, बर्दिया, कैलाली जिल्लाको चुरेबाट बग्ने साना नदीहरुमा एक्कासी बाढी आउन सक्ने भएकाले सतर्क हुन सचेत गराएको छ ।

पूर्वी र मध्य भागको चुरेबाट बग्ने साना नदीहरुमा पनि वर्षा भइरहे एक्कासी बाढी आउने भएकाले सतर्क हुन विभागको बाढी पूर्वानुमान शाखाले सर्वसाधारणलाईसचेत हुन आग्रह गरेको हो ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]