Dabali News

प्रदेशको समृद्धि पर्यटनबाट

२५ असार

काठमाडौं । पर्यटनबाटै गण्डकी प्रदेशको समृद्धि सम्भव भएको विज्ञले बताएका छन् ।

पर्यटन पत्रकार मञ्च पोखराले शनिबार आयोजना गरेको अन्तरक्रियामा बोल्ने वक्ताले पर्यटनमैत्री पूर्वाधारमा लगानी बढाउनु पर्नेमा जोड दिए । ‘गण्डकी प्रदेशमा आवश्यक पर्यटकीय पूर्वाधार र पोखराको भविष्य’ विषयक अन्तरक्रियामा पूर्वपर्यटन सचिव एवं सहरी योजना विज्ञ किशोर थापाले कार्यपत्र प्रस्तु गरे ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले गण्डकी प्रदेशको समृद्धिका लागि आफू निरन्तर लागिरहने बताए । ‘पर्यटन क्षेत्रको सुधारका लागि सरकारका तर्फबाट धेरै काम भएका छन्,’ उनले भने, ‘अबको एक वर्षमा पर्यटन क्षेत्रमा धेरै सुधारको अनुभूति हुनेछ ।’ निजी क्षेत्रसँगको सहकार्यमा पर्यटन प्रवद्र्धन तथा पर्यटन पूर्वाधारको विकास गरिने उनले बताए ।

पूर्वपर्यटन सचिव किशोर थापाले गण्डकी प्रदेशले पर्यटन क्षेत्रमा अथाह सम्भावना बोकेको बताए । धार्मिक, साहसिक र मनोरञ्जनात्मक पर्यटनको प्रधानता रहेको बताउँदै उनले प्रदेशको आर्थिक समृद्धिमा पर्यटन महत्वपूर्ण रहेको धारणा राखे ।

पर्यटनका लागि प्रशस्त गन्तव्य रहेपनि उचित प्रचार-प्रसार गर्न नसक्नु कमजोरी रहेको उनले सुनाए । ‘कतिपय स्थानमा सडक यातायातको अभाव छ,’ उनले भने, ‘पर्यटनका लागि आवश्यक जनशक्ति अपर्याप्त हुनु पनि समस्या हो ।’अन्तर्राष्ट्रियस्तरको होटल, विमानस्थलको अभाव, संघीय संरचना अनुसार होटल क्यासिनोलगायत अन्य उत्पादनका लागि प्रदेश तहबाट स्वीकृति दिने विषय, पर्यटन व्यवसायको स्वीकृतिका लागि एकद्वार प्रणाली पनि समस्याका रूपमा रहेको उनले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले पर्यटन क्षेत्रको विकासका लागि सरकारले चासो बढाउनुपर्ने धारणा राखे । राष्ट्रिय प्रकृति संरक्षण कोषका पूर्वसदस्यसचिव जुद्ध गुरुङले गण्डकी प्रदेशमा प्राकृतिक स्रोत र साधन प्रशस्त रहेको बताउँदै प्रवद्र्धनमा जोड दिनुपर्ने बताए ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]