Dabali News

वैद्यद्वारा डा. केसीको जीवन रक्षा गर्न सरकारसँग माग (विज्ञप्तिसहित)

अनसनरत केसीका माग तत्काल सम्बोधन गर्नुपर्ने

२५ असार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ले अनसनरत चिकित्सक गोविन्द केसीको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन् ।

अनसन बसिरहेका डा. केसीको स्वास्थ्य स्थिति खस्केको जनाउँदै उनको जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
वर्तमान स्वास्थ्य क्षेत्रका विद्यमान विकृति र विसंगतिविरुद्ध डा. केसी बारम्बार अनशन बस्दै आइरहँदा पनि विगतमा गरिएका सम्झौताविपरीत सरकारले निर्णय लिएको भन्दै त्यस रोकेर तत्काल डा. केसीले उठाएका माग पूरा गर्न सोमबार एक प्रेस वक्तव्य जारी गर्दै सो माग गरेका हुन् ।

ओली सरकारले विगतमा आफूसँग भएको सम्झौताविपरीत चिकित्सा विधेयक ल्याएको भन्दै त्यसको खारेजीको माग गर्दै नौ दिनदेखि डा. केसी जुम्लामा अनसनरत छन् । अनसनरत केसीको स्वास्थ्य निकै रहेको जुम्ला शिक्षण अस्पतालले जनाएको छ ।

अस्पताल स्रोतले भन्यो, अहिले डा. केसी बोल्न सक्ने अवस्थामा हुनुहुन्छ, हिजोभन्दा आज उहाँको स्वास्थ्यावस्था गम्भीर बन्दै गएको छ । तैपनि सरकार गम्भीर बनेको छैन’ स्रोतले भन्यो । सरकारको तहबाट केसीसँग खालको वार्ता वा अन्य कुनै किसिमको सम्पर्क नगरेको बताइएको छ ।

महासचिव किरणद्वारा जारी वक्तव्यमा ‘डा. केसीद्वारा स्वास्थ्य सुधार र सेवाको क्षेत्रमा उठाइएका जायज मागहरुको समुचित रुपमा अविलम्ब सम्बोधन गर्न र उहाँको जीवन रक्षाको निम्ति गम्भीर ध्यान दिन हामी सरकारसित जोडदार माग गर्दछौं’ भनिएको छ ।

डा. केसीका उठाइएका मागहरुमध्ये जुम्ला शिक्षण अस्पतालमा एमबीबीएस अध्यायन गराइनुपर्ने, काठमाडौं उपत्यकाबाहिर मात्र शिक्षण अस्पताल खोल्नुपर्नेलगायत माग राख्दै पटकपटक अनसन बस्दै आएका छन् । माफियाको चंगुलबाट चिकित्सा क्षेत्रलाई मुक्त गराउन आफू मर्न तयार रहेको बताउँदै आएका छन् ।

केसीका मागप्रति सरकारले सहमति जनाउँदै अनसन तोडाउँदै आइरहेको अवस्था रहेपनि ओली सरकारले केही दिनअघि मात्र मागलाई कुल्चेर चिकित्सा विधेयक संसदबाट पारित गराउन पुनः दर्ता गरेपछि केसीले नौ दिनदेखि जुम्लामा पुगेर अनसन शुरु गरेका हुन् ।

अहिले केसीलाई जुम्ला शिक्षण अस्पतालको आईसीयू कक्षमा राखेर रेखदेख गरिरहेका छन् । अस्पतालमै अनसन शुरु पुगेका केसीलाई प्रहरीले रोकेपछि नजिकैको कभर्ड हलबाट अनसन सुरु गरेका थिए । स्वास्थ्य अवस्था ओरालो लागेपछि चार पाँच अघिमात्र विशेषज्ञ चिकित्सक टोलीले इमन्र्जेन्सीकक्षमा ल्याएर रेखदेख शुरु गरेको थियो ।

डा. केसीको जीवन रक्षा लागि नेपाली कांग्रेसले आइतबारै सार्वजनिक महत्वको सूचना प्रस्ताव संसदमा दर्ता गरिसकेको छ भने सो प्रस्तावमाथि सोमबार छलफल हुने जनाइएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]