आज :

कालापानी-लिम्पियाधुरा अतिक्रमणः अखिल क्रान्तिकारीले बुझायो संयुक्त राष्ट्र संघलाई ज्ञापनपत्र

काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी)ले भारतले नेपालीभूमी लिम्पियाधुरा–कालापानीमाथि गरेको अतिक्रमणलाई अन्तर्राष्ट्रियकरण गरेको छ । अखिल क्रान्तिकारीले शुक्रबार नेपालस्थित संयुक्त राष्ट्र संघलाई ज्ञापनपत्र बुझाउँदै भारतले नेपालीभूमी अतिक्रमण गरी नक्सा सार्वजनिक गरिएको विषयलाई अन्तर्राष्ट्रियकरण गरेको हो ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले घोषणा गरेका संघर्षका कार्यक्रमअनुसार अध्यक्ष चिरञ्जीबी ढकालको नेतृत्वमा गएको टोलीले उजुरी दिएको छ । उजुरी तथा ज्ञापनपत्र बुझाउँदै अखिल क्रान्तिकारीले भारतले नेपालीभूमी लिम्पियाधुरा–कालापानी क्षेत्रलाई समेटेर आफ्नो राजनीतिक नक्सा सार्वजनिक गरेको भन्दै आपत्ति जनाएको छ ।

नेपालस्थित राष्ट्र संघ कार्यालयका पदाधिकारीलाई ज्ञापनपत्र बुझाउँदै अखिल क्रान्तिकारीका अध्यक्ष ढकालले अतिक्रमित नेपालीभूमी फिर्ताको लागि पहल गर्न माग समेत गरेका थिए । उनले यो विषयलाई राष्ट्र संघको बैठकमा उठाउन समेत माग गरे ।

अध्यक्ष ढकाल, उपाध्यक्ष रुद्र भट्टराई, कोषाध्यक्ष नरेन्द्र बिक, केन्द्रीय सचिवालय सदस्य तथा उपत्यका क्षेत्रीय समन्वय समिति संयोजक हर्कबहादुर बिकले भारतविरुद्ध नेपालस्थित कार्यालयका पदाधिकारीमार्फत राष्ट्र संघका महासचिवलाई ज्ञापनपत्र बुझाएका हुन् । टोलीले भारतले नेपालीभूमी अतिक्रमण गरेको भन्दै राष्ट्रसंघको ध्यानाकर्षण गराउँदै कदम चाल्न समेत माग टोलीले गर्‍यो ।

अखिल क्रान्तिकारीको ज्ञापनपत्र बुझ्दै राष्ट्र संघका प्रतिनिधिहरुले जस्ताको त्यस्तै मुख्यालय पठाउने बताए । उनीहरुले कसैले पनि अरुको भूमी मिच्न नहुने भन्दै यो विषयमा राष्ट्र संघले अध्ययन गर्ने समेत बताए ।

भारतले नेपालीभूमी अतिक्रमण गरी तयार गरेको नक्सा खारेजीको माग गर्दै अखिल क्रान्तिकारीले कात्तिक २४ गतेसम्म चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ । जसअनुसार कात्तिक २० गते बुद्धिजीवी, सीमाविद्, राष्ट्रवादी व्यक्तिहरूसँग अन्तरक्रिया, कात्तिक २१ गते देशव्यापी क्याम्पसहरूमा विरोध प्रदर्शन गर्ने, २२ गते भारतीय दूतावसमा मागपत्र पेश गर्ने र संयुक्त राष्ट्रसंघको नेपाल कार्यालयमा उजुरी तथा ज्ञापनपत्र बुझानउे, २३ गते जिल्ला स्तरमा देशव्यापी विरोध प्रदर्शन गर्ने र २४ गते मसाल जुलुस तथा भारतीय प्रधानमन्त्रीको पुत्ला दहन गर्ने रहेका छन् ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal