Dabali News

युरोपका चारै टिम ५ औं पटक विश्वकप फुटबलको सेमिफाइनलमा

२५ असार

काठमाडौं । रुसमा जारी विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ ।

भोलि हुने पहिलो सेमिफाइनलमा फ्रान्स र बेल्जियम भिड्दा बुधबार क्रोएसियाले इङ्ल्यान्डसँग खेल्नेछ ।

विश्वकप फुटबलमा यस पटक सेमिफाइनलमा पुग्न सफल सबै चार टोली युरोपका हुन् । विश्वकपको सेमिफाइनलमा चारै टिम युरोपेली भएको यो पाँचौं अवसर हो ।

यसअघि सन् १९३४ को दोस्रो विश्वकपमा ईटाली, अष्ट्रिया, तत्कालिन चेकोस्लोभाकिया र जर्मनी सेमिफाइनलमा पुगेका थिए । १९६६ को विश्वकप फुटबलमा तत्कालिन पश्चिम जर्मनी, इंग्ल्यान्ड, पोर्चुगल र तत्कालिन सोभियत युनियन सेमिफाइनलमा पुगेका थिए ।

१९८२ को विश्वकप फुटबलमा पोल्याण्ड, ईटाली, पश्चिम जर्मनी र फ्रान्स सेमिफाइनलमा पुग्दा २००६ मा ईटाली, जर्मनी, पोर्चुगल र फ्रान्स सेमिफाइनलमा भिडेका थिए । जर्मनी बाहेकका चार युरोपियन टिम विश्वकपको सेमिफाईनलमा पुगेको यो पहिलो अवसर हो । चार युरोपियन टिम सेमिफाइनलमा पुगेसँगै विश्वकप फुटबलको उपाधि युरोपमै रहने निश्चित भएको छ ।

सन् १९३० र १९५० को विश्वकप फुटबल बाहेक अन्य १८ संस्करणमा कम्तिमा एउटा युरोपियन टिम फाइनलमा पुगेको छ । अहिलेसम्म युरोपले ११ पटक तथा दक्षिण अमेरिकाले ९ पटक विश्वकप फुटबलको उपाधि जितेका छन् ।

सबैभन्दा बढी ब्राजिलले ५ पटक विश्वकप जित्दा जर्मनी र ईटालीले ४-४ पटक, अर्जेन्टिना र उरुग्वेले २-२ पटक तथा इंग्ल्यान्ड, फ्रान्स र स्पेनले १-१ पटक उपाधि उचालेका छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]