Dabali News

आशिष रिजालको सम्झनामा रक्तदान

२४ असार

काठमाडौं । स्किमकलेजमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । नयाँवानेश्‍वरस्थित स्किम कलेजमा अध्यननरत् विद्यार्थी आशिष रिजालको सम्झनामा रक्तदानको अायोजना गरिएको हो । स्किमकलेज र आशिष रिजाल स्मृति प्रतिष्ठानले अर्धवार्षिकीको अवसरमा रक्तदान गरेको थियो ।

विगत ६ महिना अगाडि बालाजुको बाइपासस्थित एकनम्बर वाहिनी नजिकै दुर्घटनामा रिजालको निधन भएको थियो । इन्जिनियर अध्ययन गर्दै गरेका रिजालको कलेज जाँदै गर्दा बसबाट खसेर निधन भएको थियो । आशिषको सानीआमाको संयोजकत्वमा उक्तकार्यक्रम भएको हो । कार्यक्रममा रक्तसञ्चार सेवा केन्द्रकी चन्द्रा गिरीले रक्तदानका बारेमा कलेजका विद्यार्थीहरुलाई जानकारी गराएकी थिइन् ।

रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेको सचिव बैरागी जेठाले जानकारी दिए ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]