Dabali News

डा.केसी र गंगामायाका माग सम्बोधन हुने

२४ असार

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले चिकित्सासम्बन्धी विधेयक सदनमा प्रस्तुत भएकाले प्रा.डा गोविन्द केसीले उठाएका माग लोकतान्त्रिक तवरले सम्बोधन गरिने बताएका छन् ।

राष्ट्रियसभाको आज (आइतबार) को बैठकमा विनियोजन विधेयक २०७५ माथिको छलफलका क्रममा उठेको प्रश्नको जावाफ दिँदै प्रा.डा केसी र गंगामाया अधिकारीका माग सम्बोधन हुने बताएका हुन् ।

गृहमन्त्रीले बाढी र पहिरो जस्ता प्राकृतिक विपतबाट २४ जनाको मृत्यु भएको तथा मानवीय एवं भौतिक क्षतिको क्षतिपूर्ति उपलब्ध गराउन मन्त्रालय सक्रियतापूर्वक लागेको जानकारी दिए । उनले दुर्गम क्षेत्रमा प्रहरी चौकीको व्यवस्था गरी जनताको सुरक्षा व्यवस्था गरिने बताए । द्वन्द्वकालीन घाइतेका विषयमा मन्त्रालयले व्यवस्थापन गर्न लागिपरेको जानकारी पनि दिए ।

गृहमन्त्री बादलले शान्ति सुरक्षालाई स्थापित गर्ने र विपदमा आधारभूत सेवा पुर्याउनका लागि ५४ अर्ब रुपैयाँ बजेट विनियोजन भएको र सो बजेटको ४ प्रतिशत राहत तथा उद्धारमा लगाइएको बताए ।

गृहमन्त्रीले विदेश भ्रमणमा जाँदा उपकुलपतिले कुलपतिलाई जानकारी दिनुपर्ने भए पनि नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा कुलप्रसाद कोइराला जानकारीबिना क्यानडा जान लागेकाले फर्काउनु परेको स्पष्ट पारे ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]