Dabali News

करेण्ट चाउचाउको लन्चिङ्ग कार्यक्रम उदयपुरको गाईघाटमा शुभारम्भ

२४ असार

काठमाडौं । यशोदा फुड्स प्रा.लीले आफ्नो उत्पादन करेण्ट तयारी चाउचाउको लन्चिङ्ग कार्यक्रम उदयपुरको गाईघाटमा शुभारम्भ गरेको छ ।

गाईघाटको मुख्य बजारमा नेपालको मौलिक कला संस्कृतीलाई मध्य नजर गर्दै पञ्चे बाजासंगै यस क्षेत्रका पसल तथा डिलरका आसपासका क्षेत्रहरुमा व्यापक र्यालीसहित चाउचाउको प्रचार-प्रसार गरेको हो ।

कार्यक्रमको शुभारम्भमा यशोदा फुड्स प्रा.लीका कर्पोरेट म्यानेजर छविलाल शर्माको नेतृत्व थियो । कम्पनीले यस अघि झापाको विर्तामोड दमक, ताप्लेजुंग पाँचथर तेर्हथुम लगाएत पश्चिम नेपालको बुटवल, भैरहवा नेपालगञ्ज, सुर्खेत,पोखरा,कैलाली लगाएतका स्थानमा लन्चिङ्गको कार्यक्रम सम्पन्न गररेको छ ।

यस कम्पनीले हालसम्म विभिन्न उत्पादनहरु लाली, जुप्पी ,ओप्पो लगाएत बिभिन्न ब्राण्डका उत्पादनहरु बजारमा ल्याएको छ । बजार मुल्य १९ रहेको चाउचाउको तौल ७५ ग्रामको छ ।

अत्याधुनिक प्रविधीबाट तयार पारिएको चाउचाउ गुणस्तरीय तथा स्वादिलो रहेको र हरेक प्याकेट भित्र नगद सहित कुपन रहेको र कुपन भित्र सुन चांदीका सिक्का सहित मोबाइल साइकिल क्रिकेट बल ब्याट लगायत विभिन्न पुरस्कारहरु रहेको कम्पनीका एरिया म्यानेजर मेघराज रिजालले बताए ।

उद्योगपतिहरुले उद्योग खोल्ने मात्र नभई उपभोक्ताहरुको स्वास्थ्यप्रतिसचेत रही सामाजिक उत्तर दायित्व अन्तर्गत समाजमा विभिन्न उत्कृष्ट कार्यक्रमहरुमा यस कम्पनीको प्रत्यक्ष आर्थिक सामाजिक सहभागीता रहंदै आएको र शैक्षिक अभियान अन्तर्गत मेचि देखि महाकालीसम्म विभिन्न विद्यालयहरुमा विभिन्न कार्यक्रम सम्पन्न गरी जंकफुडबारे सचेत गराउने र चाउचाउ खाने तरिकाबारे सिकाउने कार्य हालसम्म यशोदा फुड्सले मात्रै गरेको कुरा कम्पनीका जन सम्पर्क अधिकृत सरस्वती बश्यालको बताईन् ।

कम्पनीको अधिकृत विक्रेता भरत किराना पसलबाट शुरु गरी गाईघाटको मुख्य बजारमा बृहत र्याली सहित शिवको मन्दिरमा पूजा अर्चनाका साथ शुरु भएको सो कार्यक्रममा कम्पनीकातर्फबाट कृष्ण अर्याल ,रञ्जित खड्का ,सोभियत थापा ,कृष्ण थापा लगायतको सहभागिता रहेको कार्यक्रम उदयपुर जिल्लाको विभिन्न स्थानहरुमा भव्य रुपमा लन्चिङ्ग सम्पन्न गर्ने योजना छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]