Dabali News

कला क्षेत्रको ३ विधामा संघर्ष गर्दै बिबेक थिङ तामाङ

२४ असार

काठमाडौं । प्रवासमा बसेर नेपाली सांगीतिक क्षेत्रमा संघर्ष गर्ने धेरै व्यक्तिहरु मध्ये बिबेक थिङ तामाङ एक हुन् ।

उनी सांगीतिक क्षेत्रमा नयाँ प्रतिभाको रुपमा केहि समय अगाडी मात्र उदय भए । आफ्नो पहिलो सेन्टिमेन्टल आधुनिक गीत रिलिज गर्दै उनले सांगीतिक क्षेत्रमा पाईला चालेका थिए ।

उनको मायाको तस्बिर बोलको गीतमा उनकै शब्द र स्वरमा अजय तामाङको संगीत समेतिएको छ । आधुनिक शैलीको यो गीतलाई दर्शक श्रोताले मन पराएका छन् । गीतसंगै उनको गीतको भिडियो पनि दर्शकहरुद्वारा रुचाईएको छ । अहिले उनी आफ्नो दोस्रो गीतको तयारीमा जुटिसकेका छन् । सम्भवत छिट्टै नै उनको दोस्रो नयाँ गीत पनि रिलिज हुनेछ । सबैको हौसला र साथलाई लिएर मेहेनत गर्दै उनी अगाडी बढिरहेका छन् ।

नेपालको सर्लाही जिल्लामा जन्मेका उनी बाल्यकाल देखि नै उनको गीत संगीतप्रति लगाव रहेको थियो । तर आफु भित्रको प्रतिभालाई बाहिर लिएर आउन उनलाई केहि समय लाग्यो । युवा अवस्थामा आइसक्दा उनले आफु भित्रको कलालाई चिनिसकेका थिए । तर पारिवारिक माहोल र समय अवस्था ठिक नभएकाले उनी बाहिर खुल्न भने सकेका थिएनन् ।

नेपालमा उनको प्रतिभा खुल्न सक्ने सम्भावना नदेखेपछि उनी नेपाल बाहिर जाने सोच राखे । हुन त त्यो उनको सोच भन्दा पनि एक किसिमले उनको बाध्यता पनि थियो । परिवार प्रतिको जिम्मेवारी र जीवन चलाउने बाध्यता सायद उनलाई पनि थियो साथमा आफ्नो संसारको एउटा छुट्टै परिकल्पना, यहि कुरालाई मन भित्र संगालेर उनि मलेसिया उडे नयाँ वातावरण त्यस अवस्थामा आफुलाई मिश्रित गर्न केहि समय लाग्यो उनलाई बिस्तारै परिवार प्रतिको जिम्मेवारी निभाउँदै गए उनले जीवनको लागि धेरै कुरा गर्न भ्याए ।

तर उनको बाल्यकाल देखिको सपना अझै पनि उनको मनमा ताजा थियो । त्यहाँ विदेशमासमेत उनले अवसर र मार्ग दर्शनको खोजि गरिरहेका थिए । मलेसियामा उनी बस्न थालेको ३ बर्ष बित्यो तर उनि सांगीतिक क्षेत्रमा प्रवेश गरेको मात्र ९ महिना भयो यसो भन्दै गर्दा उनलाई यस क्षेत्रमा प्रवेश गर्न र तयारी गर्नसमेत करिब २ बर्ष लाग्यो ।

हुन त यो २ बर्षको अन्तरालमा उनले धेरै कुराको ज्ञान समेत लिए । साधना गरेर मेहेनतको साथमा उनि अगाडी बढ्ने निधो गरे । साथीभाईको सहयोग र हौसला र सहि मार्ग दर्शनको कारण उनले नया बाटो प्राप्त गरे तर उनि अहिले पनि सम्झिनछन् त्यो पल किन भने विदेशी भूमिमा रहेर गीत संगीतलाई समय दिन सक्नु सजिलो थिएन ।

अरुलाई जस्तै अवश्य पनि उनलाई पनि गार्हो नै भएको थियो । तर उनले आफ्नो कामको समय र यस क्षेत्रमा समर्पित गर्नुपर्ने समयलाई व्यवस्थापन गरेर अगाडी बढे, इच्छा शक्ति भएपछि कुनै पनि काम गर्न सकिन्छ भन्ने गहकिलो उदहारण बनेका छन् । उनले आफुले धेरै दुख कष्ट भोग्दै यस क्षेत्रमा संगर्ष गरेको अनुभव छ यसकारण उनि बेलाबखतमा नयाँ प्रतिभाहरुलाई पनि प्रेरणा दिन गर्दछन् । यदि यो क्षेत्रमा लाग्ने व्यक्तिहरुको कुरा गर्ने हो भने धेरैलाई परिवारको साथ हुँदैन तर उनलाई भने परिवारको राम्रो साथ थियो ।

आमा बुवाको चाहना नै उनलाई गायकको रुपमा हेर्ने थियो जुन उनले आफ्नो मेहेनतले पुरा गरेर देखाए । हुन त उनको पहिलो प्राथमिकतामा गायन विधा नै पर्दछ तर उनले गायनसंगै अभिनय यात्रा पनि सुरु गरेका छन् आफ्नो पहिलो गीतमा आफै नै अभिनय गरेका छन् उनी । यस हिसाबले पनि हामी उनलाई बहुमुखी प्रतिभाको धनि व्यक्ति भन्न सक्छौँ गायन जस्तै अभिनय कलामा पनि उत्रिए । भोलिको दिन उनको यस विधामा पनि राम्रो सम्भावना देखिएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]