Dabali News

रुसको विश्वकप यात्रा रोक्दै क्रोएसिया सेमिफाइनलमा

२४ असार

काठमाडौं । रुसलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै क्रोएसिया सन् १९९८ पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ ।

रुसको सोची स्थित फिस्ट रङ्गशालामा शनिबार राती सम्पन्न क्वार्टरफाइनल अन्तर्गतको अन्तिम खेलमा क्रोएसियाका इभान रेकेटिचको पेनाल्टीसँगै आयोजक राष्ट्रको विश्वकप यात्रा क्वार्टरफाइनलमै टुङ्गिएको हो । निर्धारित समयको खेल एक एकको बराबरीमा सकिएपछि थपिएको अतिरिक्त समयमा भाग्यमानी सावित भएको आयोजक रुस पेनाल्टी सुट आउटमा भने निराश बन्यो ।

अतिरिक्त समयको १० औं मिनेटमा क्रोएसियाले अग्रता बनायो । लुका मोड्रिचको पासमा डोमागोज भिडाले गोल गर्दै आफ्नो टोलीलाई जित नजिक पुर्याएका थिए । तर अतिरिक्त समयको दोश्रो हाफमा रुस भाग्यमानी सावित भयो र खेललाई पेनाल्टीसम्म पुर्याउन सफल रह्यो ।
खेलको ११५ औं मिनेटमा रुसका लागि मारियो फर्नान्डेजले हेड मार्फत गोल गरेका थिए । निर्धारित र थप गरिएको अतिरिक्त समयसमेत बराबरीमा सकिएपछि विजेताको निर्णय पेनाल्टी मार्फत गरियो ।

जसमा रुसका फेडर स्मोलोभको प्रहार क्रोएसियाका गोलरक्षक ड्यानिजेल सुवासिचले बचाएका थिए भने मारियो फर्नान्डेजको प्रहार गोलपोष्टको फ्रेममा पर्न सकेन । रुसका तर्फबाट एलन डिजागोइभ, सर्जेइ इग्नासेभिक र डालेर कुजेइभले गोल गरेका थिए । यस्तै विजेता टोली क्रोएसियाका तर्फबाट मार्सेलो ब्रोजोभिच, लुका मोड्रिच, डोमागोज भिडा र इभान रेकेटिचले गोल गरेका थिए भने मेटियो कोभासिचको प्रहार रुसका गोलरक्षकले बचाएका थिए ।

यसअघि पहिलो हाफको ३१ औं मिनेटमा डेनिस चेरिसेभको उत्कृष्ट गोल मार्फत अग्रता बनाएको आयोजक रुस डिफेन्डरको कमजोर प्रदर्शनमा ३९ औं मिनेटमा बराबरी गोल खान पुगेको थियो । क्रोएसियाका एन्ड्रेज क्रेमारिचले मारियो मान्ड्जुकिचको पासमा डि बक्सभित्रबाट हेड मार्फत गोल गर्दै आफ्नो टोलीलाई पहिलो हाफको खेलमा सुखद नतिजा दिलाएका थिए ।

दोश्रो हाफको खेलमा दुवै टोलीले गोलका लागि सिर्जना गरेका केहि अवसर सदुपयोग गर्न सकेनन् र खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो । रुस स्पेनलाई पराजित गर्दै क्वार्टरफाइनल प्रवेस गरेको थियो भने क्रोएसियाले शिर्ष १६ अन्तर्गतको खेलमा डेनमार्कलाई पराजित गरेको थियो ।

दुवै टोली पेनाल्टीमार्फत जित हात पार्दै क्वार्टरफाइनलमा प्रवेस गरेका थिए । २० वर्षपछि पुनः सेमिफाइनलमा स्थान बनाएको क्रोएसियाले इंग्ल्याण्ड प्रतिद्वन्द्वी पाएको छ । रुस र क्रोएसियाबीचको खेलसँगै सेमिफाइनल समिकरणसमेत पुरा भएको छ । सेमिफाइनल अन्तर्गत मंगलबार राती पौने १२ बजे हुने खेलमा फ्रान्स र बेल्जियमबीच प्रतिष्पर्धा हुने छ भने दोश्रो सेमिफाइनल खेल बुधबार राती सोहि समयमा क्रोएसिया र इंग्ल्याण्डबीच हुने छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]