Dabali News

हारेपनि रुसी खेलाडी ‘राष्ट्रनायक’- राष्ट्रपति पुटिन

२४ असार

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशका खेलाडीले सेमीफाइनलमा हारेपनि ‘राष्ट्रनायक’ भएको बताएका छन् । रुसी खेलाडीहरुले खेलमा उच्च प्रदर्शन गरेको भन्दै हार्दापनि रुसभरी प्रसंशा भइरहेको छ ।

शनबिार राति भएको खेलमा क्रोएसियासँग पेनाल्टीमा ४–३ गोलबाट रुस पराजित भएपनि खेलाडीहरुको प्रशंसा भइरहेको बेला पुटिनले यस्तो प्रतिक्रिया दिएका हुन् । यो हारसँगै रुसको विश्वकप ब्रेक लागेको छ । तरपनि खेलाडीले प्रदर्शन गरेका कुशलताले देशकै इज्जत बढाएको भन्दै रुसभरी प्रसंशा भइरहेको छ ।

विश्वकपमा सहभागी भइरहँदा रुस सहभागी टोलीमध्ये फुटबल वरीयताको पुछारमा थियो । यति ठूलो अपेक्षा गरिएको थिएन । तर फुटबलका महाशक्ति राष्ट्रहरू जर्मनी, ब्राजिल र स्पेनभन्दा पछि मात्रै आउट भयो । यसले रुसलाई उत्साहित बनाएको हो ।

सेमीफाइनलको लागि भएको खेलतको निर्णायक पेनाल्टीमा १ सय १५ मिनेटमा टाउकोमार्फत गोल गरेर खेललाई बराबरीमा ल्याएका मारिओ फर्नान्डेसले मौका गुमाएका थिए ।

बार्सिलोना क्लबबाट खेल्ने क्रोएसियाका मध्यपङ्क्तिका खेलाडी इभान राकिटिकले गल्ती नगरी गोल गरेपछि रुसको प्रेरणादायी विश्वकप यात्रा समाप्त भएको थियो ।

पेनाल्टीमार्फत गोल गर्ने बित्तिकै अन्तिम १६ को पेनाल्टी प्रहारमा क्रोएसियाले डेनमार्कलाई हराउँदाको जस्तै दृश्यहरू देखिएका थिए । तर हारपछि पनि रुसी समर्थकहरूले ताली बजार आफ्नो टोलीप्रति सम्मान व्यक्त गरेका थिए ।

अन्तिम सिटी बजेपछि त झन् उनीहरूले अझ ठूलो स्वरमा कराउँदै टोलीलाई सान्त्वना दिएका थिए ।

ब्राजिलमा जन्मिएका फर्नान्डेसअघि नै रुसका अर्का खेलाडी फेडोर स्मोलोभले कमजोर किसिमको पेनाल्टी प्रहार गरेका थिए जसलाई क्रोएसियाका गोलरक्षकले सजिलै जोगाएका थिए । रुसी गोलरक्षकले पनि क्रोएसियाली खेलाडीको एउटा प्रहार उत्कृष्ट ढङ्गले रोकेका थिए ।

सन् १९७० को सोभियतकालीन समययता पहिलो पटक विश्वकपमा क्वार्टरफाइनलमा पुगको रुसले डेनिस चेरिसेभको यो विश्वकपकै सर्वाधिक राम्रोमध्येको गोलका मद्दतले क्रोएसियाविरूद्ध अग्रता लिएको थियो । तर त्यसको ८ मिनेटपछि नै क्रोएसियाले खेललाई बराबरीमा ल्यायो ।

९० मिनेटसम्म बराबरी भएपछि थप गरिएको समयमा फेरी क्रोएसियाले अग्रता लिएको थियो । तर फर्नान्डेसले अन्तिम समयमा गोल गरेर बराबरी बनाएपछि खेल रुसको पोल्टामा गएको ठान्न थालिएको थियो।

सन् १९९८ को विश्वकपमा पनि क्रोएसिया सेमिफाइनलसम्म पुगेको थियो र उपाधि विजेता फ्रान्ससँग पराजित भएको थियो ।
इङ्ल्यान्ड र क्रोएसिया विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

त्यसैगरी शनिबार राति नै भएको अर्को खेलमा स्विडेनलाई २–० ले हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा पुगेको हो । इङ्ल्यान्ड सन् १९६६ को विश्वकप विजेता हो ।

खेलको ३० औं मिनेटमा इङ्ल्यान्डले अग्रता लियो । आस्ले योङको कर्नर प्रहारमा ह्यारी म्याग्वायरले हेडिङमार्फत गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिएका हुन् ।

दोस्रो हाफको ५८ औं मिनेटमा इङ्ल्यान्डले अग्रता दोब्बर पा¥यो । जेःसी लिङ्गार्डको पासमा डेले अलीले इङ्ल्यान्डका लागि दोस्रो गोल गरेका हुन् ।

यसपछि खेलमा स्विडेनले केही अवसर सिर्जना गरेपनि इङ्ल्यान्डका गोलकिपर जोर्डन पिकफर्डले लगातार उत्कृष्ट बचाउ गर्दै गए ।
जितसँगै इङ्ल्यान्ड सन् १९९० पछि पहिलो पटक विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]