Dabali News

मध्यरात युवतीको सनसनी भिडियो – प्रधानमन्त्रीज्यू रेल चाहिँदैन, नागढुंगाको सडक बनाउनुहोस्

२४ असार

काठमाडौँ । सामाजिक संजालमा एउटा कलंकी–थानकोट सडकको अवस्थाबारे एउटा भिडियो भाइरल भएको छ । गाडी नपाएर पैदल यात्रा गरिरहेकी एउटा युवतीले भिडियो सामाजिक संजालमा सेयर गरेकी छन् ।

उनले राष्ट्रपति र प्रधानमन्त्रीलाई सम्बोधन गर्दै कलंकीदेखि नागढुंगाको सडकका अवस्थाबारे भिडियोमा बताएकी छन् । एसीवाला चिल्ला गाडीमा कुद्ने भएका कारण जाम, धुलो र सडकको दुराअवस्थाबारे प्रधानमन्त्री, मन्त्री र नेताहरुले जानकारी नपाउने बताएकी छन् । उनीहरु सडकमा निस्कँदा नागरिकले सडक खाली गर्नुपर्ने तर नागरिकले कहिलेसम्म सास्ती बेहोर्ने भन्ने प्रश्न गरेकी छन् ।

आफू मातातिर्थ पुग्नुपर्ने बताइएकी उनले नेपाली भएकोमा उल्टो गर्व लागेको बताएकी छन् । उनले नेताहरुको व्यवहारका कारण आफूलाई नेपाली हुन पाएकोमा कुनै गर्व नभएको बताउँदै आमाको गर्भमा किन नतुएकी हुँला भनेर लाग्ने गरेकी बताएकी छन् ।
ती युवतीले रेल भन्दा पनि कलंकी–थानकोटको बाटो बनाउन आग्रह गरेकी छन् ।

सुन्नुहोस् भिडियो

कलंकी-नागढुंगाको सडकबारे मध्यरात युवतीको सनसनी भिडियो ।

कलंकी-नागढुंगाको सडकबारे मध्यरात युवतीको सनसनी भिडियो । 'म अामाको गर्भमै पतन हुनुपर्ने'

Posted by Online Dabali on Saturday, July 7, 2018

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]