Dabali News

विश्वकपः फ्रान्स र बेल्जियम सेमिफाइनलमा, ब्राजिल र उरुग्वेको सपना अधुरै

२३ असार

काठमाडौं । रुसमा जारी विश्वकपमा बेल्जियम फ्रान्त सेमिफाइनलमा प्रवेश गरेका छन् । शुक्रबार राति भएको खेलमा पाँच पटकको विश्व बिजेता ब्राजिललाई बेल्जियमले २–१ गोलले पराजित गरेको हो । त्यसको लागि केभिन ब्रुयेनले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
ब्राजिललाई प्रतियोगिताको प्रमुख दावेदारका रुपमा हेरिएको थियो ।

नेसर चार्डीको कर्नरमा फर्नान्डिन्होेले आत्मघाती गोल गरे । भिन्सेन्ट कम्पोनीको हेड बल उनको काँधमा लागेर गोल हुन पुगेको थियो । यो रुस विश्वकपको १० औं आत्मघाती गोल हो ।

फर्नान्डिन्होका म्यानचेष्टर सिटीका टिममेट डि ब्रुडेनले ३१ औं मिनेटमा अग्रता दोब्बर पारे । काउन्टर अट्याकमा रोमेलु लुकाकुले दिएको पासमा उनले डि बक्स बाहिरबाटै गोल गरे ।

रोमाञ्चक खेलको सुरुमा नै ब्राजिलको प्रहार पोष्टमा लागेको थियो भने थिएगो सिल्भाले गोल गर्ने मौका गुमाएका थिए । खेलको ७६ औं मिनेटमा काउटिन्होको पासमा रेनाटो अगुस्टाले गोल गर्दै ब्राजिललाई खेलमा फर्काउन आश देखाएका थिए ।

त्यसैगरी अर्को खेलमा फ्रान्तसले उरुग्वेलाई २–० ले पराजित गरेको छ । शुक्रबार राति भएको खेलमा फ्रान्सलाई जिताउन राफेल भराने र एन्टोनी ग्रिजम्यानले गोल गरे ।

खेलको ४० औं मिनेटमा भरानेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । त्यसपछि ६१ औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै टिमलाई सहज जित दिलाए । ग्रिजम्यानले डी एरिया बाहिरबाट प्रहार गरेको सट उरुग्वेका गोलकिपर फर्नान्दो मुःलेराले राम्रोसँग क्लियर नगर्दा गोलपोस्टभित्र छिरेको थियो ।

उरुग्वेका स्ट्राइकर इडिसन काभानी घाइते भएर आज खेल्न सकेका थिएनन् । उनको अनुपस्थितिले उरुग्वे स्तब्ध भयो ।

योसहित फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छैटौं पटक हो । अब उसले फाइनल प्रवेशका लागि शुक्रबार राति हुने ब्राजिल र बेल्जियमबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]