Dabali News

विदेशी भूमिमा तड्पिरहेछु ‘मेरी प्रिया’ भिडियो र तस्बीरसहित

२२ असार

काठमाडौं । विदेशि भूमिमा नेपाली युवाहरुले चरम दुःख कष्ट भोगेर स्वदेशमा सुन्दर भविष्यको सपना देख्ने गर्छन् । तर, स्वदेशमा आफ्नी जीवनसाथी अर्कैतिर लागिदिएपछि सहनुपर्ने पीडाले सपना सखाप पारििदन्छन् । यस्तो घटना नौलो हैैन नेपाली समाजको लागि ।

यहि यथार्थलाई आधारित गायक मोडल प्रकाश तामाङ र जाइज तामाङको आधुनिक म्यूजिक भिडियो ‘मेरी प्रिया’ शुक्रबार सार्वजनिक गरिएको छ । संवाद डबलीमा आयोजित एक विशेष कार्यक्रममाा उक्त म्यूजिक भिडियोको विमोचन कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ संगीतकर्मी बीबी अनुरागीले गरेका हुन् ।

प्रमुख अतिथि संगितकर्मी बिबि अनुरागीले सानो बजार भएपनि युवाहरु नेपाली कला संस्कृतिको विकासमा निष्ठासाथ लाग्नुले नेपाली संगीत क्षेत्रको भविष्य उज्यालो मद्दत पुग्ने बताए । साथै पछिल्लो समयमा नेपाली कलाकरितामा छाडा संस्कृति मौलाउँदै गएको भन्दै अनुरागीले चिन्ता व्यक्त गरे । हरेक कलाकार अनुसासित हुनु पर्नेमा जोड दिए ।

कार्यक्रममा म्यूजिक भिडियोका गायक तथा मोडल प्रकाश तामाङले कला क्षेत्रमा निरन्तर लाग्दै आएको र आफू पनि दुई वर्ष विदेशमा बस्दाको गराई र भोगाई यो म्युजिक भिडियोमा उतार्ने प्रयास गरेको बताए । अफूले कला क्षेत्रमा निकै संघर्ष गर्ने क्रममा बढी खुट्टा तान्ने मान्छेहरु बढी भेटेको तर उनीहरुकै कारण आफ्नो यात्रा रोक्न नरोकिने र गायन क्षेत्रमा निरन्तर लागिरहने बताए । प्रकाश र जाइज मोडल समेत हुन् ।

त्यस्तै गीतकार देव बटालाले गीत संगीतमा निरन्तरता र लगनशीलता हुनु नै सफलता भएको धारणा राखे । नयाँ पुस्तामा बढी लगनशीलता आवश्यक पर्ने बताउँदै निरन्तर लागिरहे खराब प्रवृत्तिले स्थान पाउन नसक्ने बताए ।

कार्यक्रम अयोजक सर्वसम्मान म्यूजिक प्रालिका निर्देशक प्रकाश क्षेत्रीले नेपाली संगीत तथा कलाकारिताको बजार धारशायी हुने अवस्था आएको बताउँदै राज्यले बेवास्ता गर्न नमिल्ने बताए । कलाकारिता लाग्ने हरेक मान्छेमा राष्ट्रियता र राष्ट्रभक्ति हुने भन्दै निर्देक क्षेत्रीले राज्यले प्रतिभावान नागरिकलाई प्रोत्सान मिल्ने कार्यक्रम ल्याउन सरकारसँग आग्रह गरे ।

कार्यक्रममा  एनआरएन मलेसियाका पूर्वमहासचिव तथा गायक जीवन परियारको उपस्थिति थियो । म्यूजिक भिडियोमा नेपाली युवाहरु स्वदेशमा रोजगारी नपाएर विदेशिने र लाउँलाउँ र खाउँखाउँ भन्ने उमेरमै जीवनसाथी छाडेर जानुपर्ने बाध्यता र घर फर्किन नपाउँदै जीवनसाथी अर्कैतिर लागेको कथा ‘मेरी प्रिया’मा जोकोहीले अनुभूत गर्न सकिन्छ ।

तस्बीर: जय दाहाल
भिडियो

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]