Dabali News

भरतपुरको क्यान्सर अस्पतालमा ३०० शैया थप गरिदै

२२ असार

काठमाडौं । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा ३०० शैया थप गरिने भएको छ ।

अस्पताल परिसरमा अत्याधुनिक नयाँ भवन निर्माण भएसँगै साउनदेखि थप गरी ४९४ शैया पुर्याउन लागिएको हो । हाल १९४ शैया रहेको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा.विजयचन्द्र आचार्यका अनुसार भवनको काम पूरा भएको र लोकसेवा आयोगमार्फत कर्मचारी भर्ना प्रक्रिया जारी रहेकाले साउनदेखि थप शैया प्रयोगमा ल्याइने छ । उनका अनुसार वि.सं.२०५७ मा १०० शैयाबाट शुरु गरिएको अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि पटक पटक गरी ९४ शैया थपिएको थियो ।

अस्पतालको चारतले नयाँ भवन निर्माण हेर्दै आएका रमेश पाण्डेका अनुसार सो भवन एक लाख ३० हजार स्क्वायर फिटको छ । विसं २०६९ मा निर्माण थालिएको सो भवन झण्डै ७० करोडको लागतमा निर्माण गरिएको हो । भवनमा सघन उपचार कक्ष, पोष्टअपरेटिभ कक्ष, मोडुलर शल्यक्रिया कक्ष, क्याबिन, चिकित्सक छलफल कक्ष, सभाहलसँगै जनरल वार्ड पनि रहेको छ । सो भवनको भुईतलामा २ हजार २०० स्क्वायर फिटको खाली ठाउँसमेत रहेको छ । भवनसँगै रेडियोथेरापी बंकर पनि निर्माण गरिएको उनले बताए ।

अस्पतालमा शैयाको अभावमा बिरामी भर्ना गर्न कठिन हुँदै आएको थियो । अत्याधुनिक तवरको ठूलो एउटै भवन बनेपछि अस्पतालमा सञ्चालनमा रहेका ९ वटै विभागका आवश्यकअनुसार शैया विस्तार हुने भएका छन् । कार्यकारी निर्देशक आचार्यका अनुसार सबैभन्दा बढी मेडिसिन वार्डमा बिरामीको चाप बढी हुने गर्छ ।

केमो चढाउने बिरामीलाई सो वार्डमा राखिने भएकाले त्यहाँ बिरामीको चाप हुने गरेको हो । हाल अस्पतालमा बिरामीले भर्ना भएर उपचारका लागि पालो कुर्नुपर्ने अवस्था छ । चीन सरकारको सहयोगमा २०५७ सालमा स्थापना भएको अस्पतालमा वार्षिक १ लाख ३० हजार हाराहारीले सेवा लिँदै आएका छन् । जसमध्ये ८ हजारभन्दा बढी क्यान्सरका रोगी हुन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]