आज :

गुणराज लोहनी १३ दिन पछि रिहा 

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पूर्व केन्द्रीय सदस्य गुणराज लोहनी रिहा भएका छन् । मार्क्सवादी लेखक समेत रहेका लोहनीलाई प्रहरीले १३ दिनअघि चितवनबाट गिरफ्तार गरेको थियो ।

लोहनीलाई आइतबार जिल्ला प्रशासन कार्यालय चितवनले ५ हजार धरौटीमा आइतबार रिहा गरेको छ । रिहा भएपछि हनीले हजारौँ शहिदहरुको बलिदानबाट प्राप्त गणतन्त्रले आफुलाई फरक राजनैतिक आस्था राखेकै कारण गिरफ्तार गरेको बताएका छन् । लोहनी सहिद परिवार समेत हुन् । जनयुद्धमा उनकी जीवन साथी उर्मिलाले सहिद भएकी थिइन् ।

लामो समयदेखि लोहनी स्वास्थ्यका कारण उपचाररत छन् । स्वास्थ्य समस्याकै कारण नेकपाको पछिल्लो बैठकले केन्द्रीय समितिबाट बिदाई गरेको थियो ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal