Dabali News

साउदीमा करेन्ट लागेर रोल्पाका १ जना युवकको मृत्यु

२२ असार

काठमाडौं । स्वदेशमा रोजगारीका सम्भावना नभएपछि विदेश जान बाध्य युवा हरेक वर्ष लास बनेर रातो बाकसमा नेपाल फर्कने गरेका छन् ।

पछिल्लो पटक साउदीको एक कम्पनीमा काम गर्दागर्दै विद्युतीय करेन्टमा परेर रोल्पाका ति युवाले हृदयविदारक मृत्युवरण गरेका पारिवारिक स्रोतले जनाएका छन् ।

रोल्पाको परिवर्तन गाउँपालिका-१, कुरेलीका २३ वर्षिय युवा रामचन्द्र पुनको गत असार १८ गते मृत्यु भएको हो । विदेश जाने युवाको संख्या घट्दै गए पनि मृत्यु हुनेको संख्या भने घटेको छैन ।

आव ०७२-०७३ मा वैदेशिक रोजगारीमा गएका ६ हजार ८५७ रोल्पालीमध्ये २२ जनाले खाडी मुलुकमा ज्यान गुमाएका थिए । यसैगरी, आव ०७३-०७४ मा खाडी गएका ४ हजार २३६ मध्ये १९ जनाको मृत्यु भएको थियो ।

यसरी विदेश जान बाध्य अधिकांशले अदक्ष श्रमिकको रुपमा जोखिमपूर्ण काम गर्दा कामकै सिलसिलामा हरेक वर्ष ठूलो संख्यामा युवाहरुको मृत्यु र घाइते भई अंगभंग भएर स्वदेश फर्कनु पर्छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]