Dabali News

मिर्गौलाको रोगबाट पीडित बगालेलाई अमेरिकाबाट आर्थिक सहयोग प्राप्त

२२ असार

काठमाडौं । दुवै मिर्गौला खराब भई काठमाडौँमा उपचार गराइरहेका प्रेम बगालेलाई अमेरिकाबाट १ लाख आर्थिक सहयोग प्राप्त भएको छ ।

पाल्पाको बगनासकाली गाउँपालिका-३, आर्यभञ्ज्याङ बस्ने बगालेको उपचारमा आर्थिक अभाव भएपछि केही महिना अगाडि उनले सहयोग गर्न सबैमा अपिल गरेका थिए ।

अमेरिकामा बसोबास गर्दै आएका नेबिनजङ रायमाझीको संयोेजकत्वमा आर्थिक संकलन गरी पीडित बगालेको उपचारमा सहयोग गर्न रकम प्राप्त भएको हो ।

उनको उपचारका लागि संकलित १ लाखको चेक नेबिनजङकी श्रीमती सुविता रायमाझीले काठमाडौँको वीरअस्पतालमा पुगेर हस्तान्तरण गरेका हुन् । दुवै मिर्गौलाले काम गर्न छाडेपछि पीडित उनी करीब छ महिनादेखि काठमाडौँको वीरअस्पतालमा उपचार गराउँदै आएका छन् ।

विद्यार्थी राजनीतिमा सक्रिय बगालेलाई पछिल्लो समयमा स्वदेश तथा विदेशबाट सहयोगी हात बढेसँगै उपचारमा केही सहजता आएको पारिवारिक स्रोतले जनाएको छ । बगालेले आफ्नो उपचारका लागि आर्थिक सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]