आज :

कास्की-२ विद्या भट्टराईलाई उम्मेदवार बनाउने (नेकपा)को निर्णय, विद्या भन्छन्- रविन्द्रको सपना पूरा गर्छु

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले कास्की  क्षेत्र नं.२ को लागि विद्या भट्टराईले उम्मेदवार बनाउने भएको छ । मंसिर १४ गते हुन लागेको उपचुनावको लागि स्व. रविन्द्र अधिकारीकी पत्नी विद्यालाई उम्मेदवार बनाउने शनिबार निर्णय गरेको हो । (नेकपा)को शनिबार बसेको सचिवालय बैठकले विद्यालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

स्थानीय कार्यकर्ताहरुले विद्यालाई उम्मेदवारी दिन माग गर्दै आएको थियो । बैठकले विद‍्याको नाममा टुंगो लागेपनि अन्य क्षेत्रको भने अन्‍तिम सहमति हुन बाँकी छ । आजको बैठकमा क्षेत्र, जिल्ला र प्रदेशबाट आएका नामहरुबारे छलफल भएको बताइएको छ । सबै उम्मेदवारको टुंगो लगाएपछि मात्रै एकसाथ घोषणा गर्ने पनि सहमति भएको छ ।

सोही क्षेत्रबाट चुनाव जितेर पर्यटनमन्त्री भएका अधिकार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी निधन भएको थियो ।

आफ्ना शुभेच्छुकहरुसँग पार्टीले उम्मेदवार बनाए रबिन्द्रका बाँकी कार्यभार पूरा गर्ने बताउँदै आएकी छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal