Dabali News

आज दिनभर काठमाडौँमा लोडसेडिङ, यस्तो छ कारण

२२ असार

काठमाडौँ । आज दिनभर काठमाडौँका केही ठाउँहरुमा दिनभर विद्युत कटौती हुने भएको छ । वितरण प्रणालीको नियमित मर्मत तथा सडक विस्तारका कारण विद्युत कटौती हुने नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।

काठमाडौँको बालाजु क्षेत्रमा शुक्रबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म बालाजु क्षेत्रका विभिन्न स्थानहरुमा विद्युत कटौती गर्ने हुने भएको हो । प्राधिकरणका अनुसार बालाजु–नागार्जुन फिडरअन्तर्गत जनजागृति टोल, रोटरी क्लब, टौडोल, शीतला स्कूल, रानीवन, बुद्धचोक, राधाकृष्ण–एकलटारमा क्षेत्रमा विहानैबाट विद्युत् आपूर्ति बन्द भएको छ ।

त्यसैगरी बालाजु–धर्मस्थलीअन्तर्गत पुरानो गुह्श्वरी, फूलबारी गेट, मुड्खु, बतासे डाँडा, धितालथोक, तिनपिप्ले, जरंखु, नेपालटार, मनमैजु, फुटुङ, जितपुर हुँदै छत्रेदेउरालीमा साँझ पाँच बजेसम्म लोडसेडिङ हुनेछ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]