Dabali News

नेकपाविरुद्ध सुराकी गर्दै कालिका कन्ट्रक्सनका ठेकेदार !

२१जेठ

सर्लाही । नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता नवीन लामालाई प्रहरीले बल प्रयोग गरी गिरफ्तार गरेको छ ।

ढिलोेगरी प्राप्त समाचार अनुसार घरबाटै परिवारसामू बल प्रयोग गरेर लामालाई गिरफ्तार गरिएको पारिवारिक स्रोतले बताएको छ । शुरुमा सादा पोशाकमा आइपुगेका प्रहरीले घर घेरा हाली नियन्त्रणमा लिई कुटपिट गरी प्रहरीले भ्यानमा राखेर लगेको प्रत्ययक्षदर्शीले बताए ।

असार १७ गते राति गिरफ्तार लामालाई अहिले कुन अवस्थामा र कसरी, कहाँ राखिएको भन्नेबारे सर्लाही प्रहरीले केही जानकारी नदिएको जनाइएको छ । लामा अहिले बेपत्ता छन् । नविन लामा सर्लाहीको बागमती नगरपालिका वडा नं. ४ का बासिन्दा हुन् ।

लामालाई गिरफ्तार गर्न आएको प्रहरी टोलीका साथमा कालिका कन्स्ट्रक्सनका ठेकेदार विष्णु भनिने महेन्द्र बुढाथोकी रहेको प्रत्यक्षदर्शीले बताए । लामाको बिनासर्त तत्काल रिहा गर्न परिवार र स्थानीयले सरकारसँग जोडदार माग गरेका छन् । उनको जीवन रक्षाका लागि परिवारले मानवअधिकार, संचारकर्मी, नागरिक समाजसँग अपिल गरेको छ ।

प्रहरीले अपहरण शैलीमा लगेको भन्दै घटनाको स्थानीयले विरोध गरेका छन् । साथै लामाको अवस्था तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।

गिरफ्तारकै क्रममा प्रहरीले घरमै गरेको कुटपिट र चर्को बल प्रयोगबाट लामा बेहोस् भएको परिवार निकटले बतायो । प्रहरीले लामाको नाडी घडी, सुनको औँठी, २५ हजार नगद समेत सोहोरेर लगेको जनाइएको छ ।

पछिल्लो समयमा सरकारले नेकपाका नेता कार्यकर्तामाथि दमन, धरपकड र निगरानी तीव्र रुपमा बढाउँदै लगेको छ । यसै हप्ता मात्र उपत्यकाबाट ५० नेताकार्यकर्तालाई गिरफ्तार गरिसकेको छ ।

नेकपाले भने शान्तिपूर्ण राजनीतिक आन्दोलमा सहभागी नेता कार्यकर्ता र समर्थकमाथि सरकारले राज्यआतंक चलाएको भन्दै कडा विरोध जारी राखेको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]