Dabali News

पेटभरी रक्सी खान नपाएपछि बिपीसीका अध्यक्षले चीनमा गरेको बबालको चर्चा जारी, अरु कोको थिए ?

२१ असार

काठमाडौँ । प्रधानमन्त्री केपी ओली शर्माले चीन भ्रमण सकेर स्वदेश फिर्ता भएको १० बितेसक्दा पनि त्यसको चर्चा बेइजिङमा भइरहेको छ । प्रधानमन्त्रीले चीनसँग गरेको संवादबारे चर्चा नभएर भ्रमण टोलीका सदस्यहरुले आफ्नो मर्यादालाई भुलेर गरेको हर्कतको चर्चा अझै भइरहेको छ । दूतावासका कर्मचारी र त्यहाँ पुग्ने नेपालीहरुबीच यस्तो चर्चा हुने गरेको बताइएको छ ।

भ्रमण टोलीका सदस्यहरु नेपाली दूतावासमा पेटभरी रक्सी खान नपाएपछि गरेको बबण्डर चर्चाको विषय बनेको हो । भ्रमण टोलीसँगै चीन पुगेका नीजि क्षेत्रको सबैभन्दा ठूलो विद्युत कम्पनी बुटवल पावर कम्पनीका अध्यक्ष पद्म ज्योतीले बबाल गरेको चर्चा भइरहेको छ । चीनसँग ठूलो लगानीको तयारी गरिरहेको कम्पनीको बेइजत हुने गरी ज्योतीले नेपाली दूतावासमा नौटंकी देखाएको बताइएको छ । महंगो खाले रक्सी पटक पटक मागेपनि दूतावसले उपलब्ध नगराएपछि उनले बबाल गरेको भ्रमण टोलीका एक सदस्यले बताए ।

यो विषयमा बुझ्न अनलाइन डबलीले गरेको पटक पटकको प्रयास गर्दा पनि ज्योती सम्पर्कमा अाउन नै चाहेनन् ।

उनीमात्रै होइनन्, भ्रमण टोलीमा नीजि क्षेत्रको प्रतिनिधित्व गर्दै बेइजिङ पुगेका धेरैको हविगत यस्तै हो । उनीहरुले दूतावसमा आयोजित रात्रिभोजमा गरेको हर्कतको यसअघि पनि नेपाली संचारमाध्यमहरुले समाचार प्रकाशित गरिसकेका थिए ।

सिधान्यूज डटकमले यसरी समाचार प्रकाशित गरेको थियो-

चीनको राजधानीमा बेइजिङमा नेपाली दूतावासले आयोजना गरेको रात्रीभोजमा नेपालबाट प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमण टोलीमा सहभागीमध्ये केहीले मनलाग्दी तवरले मदिरा पिएर बबाल गरेका छन् । खरो स्वभावका राजदूत लिलामणि पौड्याललाई थर्काउँदै उनीहरुले पेटभरी रक्सी खान पाउनु पर्‍यो भन्दै बबाल गरेका हुन् ।

भ्रमण दलमा सहभगी एक सदस्यका अनुसार, यसरी बबाल मच्चाउनेहरुमा राज्यलाई कर छलेको, सम्पत्ति हत्याउन आफ्नै श्रीमतीसँग नक्कली सम्बन्ध बिच्छेद गरेका, सेरोगेसी नाममा महिलाको कोखको व्यापार गर्ने रहेका छन् । जिन्दगीभर नेपाल विद्युत् प्राधिकरणलाई चुसरे किर्नाजस्तै मोटाएका तर हाल बुटवल पावर कम्पनीमा कार्यरत रहेका व्यक्ति समेत प्रधानमन्त्रीको भ्रमण दलमा छन् ।

बुटवल पावर कम्पनीका अध्यक्षको पहिचानमा चीन पुगेको पद्म ज्योतीले काठमाडौँको ग्राण्डी अस्पतालमा सेरोगेसीको धन्दा चलाउँछन् । करिबकरिब टाट पल्टने अवस्थामा पुगेको बुटवल पावर कम्पनीको नाममा चिनियाँ लगानीकर्तालाई फसाउने खेलो फड्को मिलउन नेपाल विद्युत् प्राधिकरणलाई चुसेर डकारेर छाडेका उत्तरकुमार श्रेष्ठलाई लिएर ज्योती चीन पुगेका हुन् ।
जनता बैंक डुबाउन क्रियाशिल रहेका र आफ्नै जेठी बुहारीको नाममा रहेको शेयरको नक्कली कागजात बनाएर बिक्री गरेका, शेयर लगानीकर्तालाई डुबाएर हैरान बनाएका र सम्पत्ति हत्याउन आफ्नै श्रमितीसँग नक्कली स्म्बन्ध विच्छेद गरेका गुरु न्यौपाने पनि चीन पुगेका छन् । बबाल गर्नेमध्ये उनी पनि एक भएको बताइएको छ ।

नेपालमा चिनियाँ लगानी काम छैन भन्दै भारतीयहरुको चाकडी र गुलामी गर्ने, नेपाल उद्योग वाणिज्य महासंघको नाम भजाउने तर उद्योगको नाममा केही नभएका ज्ञनेन्द्रलाल प्रधान समेत चीन पुगेका छन् । भारत नै माता हो पिता हो भने जसरी भक्तिभाव प्रकट गर्दै हिडेका प्रधान कसरी र कुन प्रयोजनका लागि चीन पुगे भन्ने विषय समेत चासोको विषय बनेको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]