Dabali News

देशमा फेरि क्रान्ति उठ्छ, जनमुक्ति सेना सक्रिय हुन्छः किराँती

२० असार

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) अध्यक्ष गोपाल किराँतीले सहिद, बेपत्ता योद्धाको सपनामाथि पुष्पकमल दाहालले कुठराघात गरेको बताएका छन् । उनले देशमा फेरि क्रान्ति उठ्ने दाबी समेत गरे ।

बुधबार संवाद डबलीमा ‘जनक्रान्तिका महान् सहिद परिवार समाज नेपाल’ले सहिद तथा बेपत्ता परिवार र पूर्व जनमुक्ति सेनाको सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष किराँतीले सो कुरा बताएका हुन् । जनयुद्धमा जनमुक्ति सेनाले गरेको योगदानलाई तत्कालिन नेतृत्वबाट घोर अपमान भएको बताए । कार्यक्रममा बोल्दै किराँतीले वर्तमान ओली नेतृत्वको सरकारलाई दलालको संज्ञा दिँदै पूर्व जनमुक्ति सेनालाई सक्रिय हुने वातावरण अवस्था सिर्जना गरिरहेको बताए ।

“अहिलेको दलाल सरकारले नै पूर्वजनमुक्ति सेनालाई सक्रिय र संगठित हुने वातावरण बनाइरहेको छ” किराँतीले भने । सामन्ती शासन र तानाशाही व्यवस्था भत्काउन जनयुद्धमा सहिद र बेपत्ता योद्धाले बलिदान र त्याग गरेको स्मरण गराउँदै किराँतीले सहिद र बेपत्ताको सपनामाथि प्रचण्डले धोका दिएको बताए । उनले अब देशमा फेरि क्रान्ति उठ्ने बताउँदै फेरि जनमुक्ति सेनाको आवश्यक हुने बताए ।

कार्यक्रममा बोल्दै किराँतीले हरेक समूदाय राज्यका अधिकारको दृष्टिकोले सबैतिर पछाडि पारिएको भन्दै संघर्षमा जानुको विकल्प नरहेको बताए ।

कार्यक्रममा राजन बुढाथोकी, रिमा, कार्मा, पेमा लामा, जटिल कार्कीलगायत सहिद परिवार र पूर्वजनमुक्ति सेना गरी पाँच दर्जनलाई सम्मान अभिनन्दन गरिएको थियो । उनीहरुले जनयुद्धको नेतृत्वका गद्दारीका कारण अधुरो जनयुद्धलाई सम्पन्न गर्न जस्तोसुकै भूमिका निर्वाह तयार रहेको बताए ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]