Dabali News

गायीका सरु सांगीतिक आकाशको चम्किलो तारा

काठमाडौँ । नेपाली सांगीतिक आकाशमा चम्किलो ताराको रुपमा उदाउँदै गरेकी गायीका हुन् सरु गौतम । सानैदेखि गायनमा रुची राख्ने चर्चाको शिखर टेक्दै गरेकी गायीका सरु गौतम बिगत लामो समयदेखि ब्यबसायीक गायन क्षेत्रमा प्रवेश गरेकी हुन् ।बिगत लामो समयको अवधिमा संगीत क्षेत्रमा उनले पछाडी फर्केर हेर्नु परेको छैन । लगातार उनले एकपछि अर्को सफलता हासिल गर्दै अगाडि बढी रहेकी छन् ।आफ्नो सुमधुर आवाज, मेहनत र परिश्रमले गर्दानै उनले यो सफलता हासिल गर्दै गएकी हुन् ।

राजधानीको नजिकै रहेको काभ्रे जन्मथलो भएकी गायीका सरु गौतम काठमाडौँलाई कर्मथलो बनाएर सांगीतिक क्षेत्रमा उदाएको नाम हो। विभिन्न चर्चित गीतहरु गाउँदै चर्चाको शिखरमा चढ्दै गरेकी गायिका ‘सरु’ नेपाली सुगम संगीतमा चल्तीको नाम हो । सुमधुर स्वरकी धनी सरु पछिल्लो समय पप, आधुनिक, तीज तथा लोकगीत र चलचित्रको पार्श्व गायन तथा अन्य उनका चर्चित गितहरुका कारण बढी चर्चामा छन् ।

विगत ६ बर्षदेखि सांगीतिक क्षेत्रमा सक्रिय सरुले लगभग सयभन्दा बढी गीत गाइसकेकी छन् । छोटो समयमा नै आफुलाई नेपाली सांगीतिक क्षेत्रमा स्थापित गर्न सफल तथा हिट गीतहरु दिएर सम्पूर्ण संगीत प्रेमी नेपाली दाजुभाई तथा दिदिबहिनीहरु माझ चर्चित बन्न सफल उनि निरन्तर नेपाली सुगम संगीतमा आफुलाई स्थापित बनाउन सफल भएकी छन् । आफुलाई भर्सलटाइल गायीकाको रुपमा स्थापित गरेर निरन्तर चर्चामा नै छन् । गायीका सरु देशभित्र मात्र नभएर बिदेशमा हुने कार्यक्रममा समेत उनको माग बढ्दै गएको छ । उनको स्वर तथा गायनशैलीको चौतर्फी प्रसंशा हुने गरेको छ l उनि गायीका मात्र नभएर एक मोडलको रुपमा समेत चिनिन्छन् ।

सरल सधैं हासेर बोल्ने अतिनै मिलनसार स्वभाबकी मिठो आवाजको धनि गायीका सरुले धेरै कार्यक्रममा अवार्ड र सम्मान समेत पाइसकेकी छन् । उनलाई एक बहु आयामिक प्रतिभाशाली, भर्सलटाइल गायीका भन्न सकिन्छ, साँच्चै उनीमा सबै विधाका गीत गाउन सक्ने क्षमता छ । उनको नेपाली भाषामा नेपाली आधुनिक गीत, गजल, भजन, लोकगीत, तथा नेपाली फिल्मी गीतहरु सबै क्षेत्रमा उनको मिठो आवाज सुन्न सकिन्छ भने उनि जुनसुकै गीतलाई पनि उल्टोबाट गाउन सक्छन् । सरु भन्छन्, ‘गीत संगीत मेरो प्राण हो, संगीत मेरो रगतमा छ र मेरो हरेक धड्कनमा छ ।’ उनि नेपाली संगीत भनेको हाम्रो सम्पति र संस्कृति भएको बताउँदै यसको संरक्षण र प्रबर्धन  कर्तब्य भएको बताउन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]