Dabali News

सप्तकोशी नदीको बहावमा घटबढ, प्रशासनद्वारा नआत्तिन आग्रह

२० असार

काठमाडौं । लगातार वर्षा भएसँगै सप्तकोशी नदीको बहावमा घटबढ भैरहेको छ ।

बुधबार बिहान ८ बजे कोशी ब्यारेज कन्ट्रोलले मापन गरे अनुसार सप्तकोशी नदीमा पानीको बहाव १ लाख ३२ हजार ५ सय ६० क्युसेक प्रतिसेकेण्ड रहेको छ ।

भारतीय पक्षले कोसी ब्यारेजको २८ नम्बर ढोका सामुन्नेबाट पाइलट च्यानल खनी नदीलाई पश्चिमतर्फ धकेलेपछि वर्षाैंदेखि मर्मत अभावमा जीर्ण रहेको पश्चिमी तटबन्ध र स्परमाथि खतरा बढेको छ  ।

अहिले ब्यारेजका ५६ ढोका मध्ये २२ वटा ढोका खोलिएका छन् । हिजो साँझ १ लाख ४१ हजार ७ सय ५५ क्युसेक प्रतिसेकेण्ड पानी रहेको थियो ।  गए राति भने १ लाख ३५ हजार ९ सय ३० क्युसेक प्रतिसेकेण्ड थियो । सुनसरी प्रशासनले सप्तकोशी नदीमा हालसम्म कुनै खतरा भने नरहेको जनाएको छ ।

सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले कोशीका सबै तटबन्ध सुरक्षित रहेकाले आत्तिनु पर्ने अवस्था नरहेको बताए । सुनसरीको बराहक्षेत्र नगरपालिकास्थित राजाबास क्षेत्रका ४ वटा स्परमा नदी ठोकिन थालेपछि पूर्वीतटका बासिन्दा त्रसित हुँदै आएका छन् ।

मौसम विभागले जलस्तर बढ्न सक्ने भन्दै नदी किनारमा रहेकाहरुलाई सर्तक रहन अपिल गरेको भएपनि नदीमा पानीको सतह स्थिर रहेको र नियमित अनुगमन समेत जारी रहेकाले कोशी नदीमा कुनै खतरा नरहेको भण्डारीले स्पष्ट पारे । सुनसरी प्रशासनले सप्तकोशी नदीको वहावको विषयमा हुने अफवाहको पछी नलाग्न सर्वसाधारणमा आग्रह गरेको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]