आज :

महरालाई तेस्रो पटक म्याद थप, तिहारमा पनि हिरासतमै बस्नुपर्ने

काठमाडौं । निलम्बित सभामुख कृष्णबहादुर महरालाई थप सात दिन थुनामा राख्न अदालतले तेस्रो पटक आदेश दिएको छ । प्रहरीले अनुसन्धान नसकिएको भन्दै म्याद थपको माग गरेको थियो ।

अनुसन्धान जारी रहेको भन्दै महानगरीय अपराध महाशाखाले पुनः म्याद थपको मागमा काठमाडौं जिल्ला अदालतले सात दिनको म्याद थपको आदेश दिएको हो । बिहीबार न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले दिएको उजुरीमा प्रहरीले महरालाई असोज १९ गते साँझ पक्राउ गरेको थियो ।प

अदालतले पहिलो पटक १३ दिन, दोस्रो पटक ५ दिन र तेस्रो पटक ७ दिनको म्याद थप गरेको छ ।

पहिलो उजुरी दिएपनि अहिले रोशनीले महराले आफूमाथि कुनै दुर्व्यवहार नगरेको बयन दिएकी छन् ।

पाँच दिनको म्याद सकिएसँगै महरा तारेकमा रिहा हुने चर्चा चलेपनि प्रहरीले पुनः म्याद थपको लाथि माग गरेको छ ।

दशैंमा अदालत बन्द हुने भएपनि पक्राउ गरिएका महरा तिहारमा पनि प्रहरी हिरासतमै बस्नु पर्ने भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal