आज :

३ दिनको मौसम, उच्च हिमाली भू-भागमा हल्का हिमपातको संभावना

काठमाडौं । बंगालको खाडीमा रहेको न्यूनचापीय प्रणाली एवं पश्चिम वायुको प्रभावका कारण नेपालको मौसममा बदली भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पश्चिमी भूभागमा आंशिक बदली तथा मध्य र पूर्वी भू–भागमा सामान्य बदली रहेको छ ।

देशका मध्य तथा पूर्वी भु-भागमा सामान्य बदली रहने तथा बाँकी भू–भागमा आंशिक बदली रहनेछ । मौसम विभागले बुलेटिन जारी गर्दै मध्य र पूर्वी भेगका थोरै तथा पश्चिमि पहाडी भेगका एक वा दुई स्थानमा वर्षाको सम्भावना रहेको छ ।

उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ । यस्तै राति देशका मध्य तथा पूर्वी भू-भागमा सामान्य बदली रहने तथा बाँकी भू-भागमा आंशिक बदली रहनेछ । मध्य र पूर्वी भेगका थोरै तथा पश्चिमी पहाडि भेगका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भू-भागमा हल्का हिमपातको संभावना रहेको छ ।

देशका मध्य तथा पूर्वी भू-भागमा सामान्य बदली रहने तथा बाँकी भू-भागमा आंशिक बदली रहनेछ । मध्य र पूर्वी भेगका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै राति देशका मध्य तथा पूर्वी भू-भागमा सामान्य बदली रहने तथा बाँकी भू-भागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी भेगका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।
देशभर आंशिकदेखि सामान्य बदली रही पहाडि भेगका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली रही पहाडि भेगका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal