Dabali News

एन्टोज काठमाडौं शाखाको पहिलो अधिवेसन सम्पन्न

१९ असार

काठमाडौं । नेपाल पर्यटन पत्रकार संघ (एन्टोज) को काठमाडौं शाखाको पहिलो अधिवेसन सम्पन्न भएको छ ।

पहिलो अधिवेसनले जि.पि.पौडेलको अध्यक्षतामा १५ सदस्यीय कमिटी चयन गरेको हो । एन्टोजको वरिष्ठ उपाध्यक्षमा इश्वर पनेरु, महिला समावेसी उपाध्यक्षमा रजिना माझीलाई चयन भएका छन् ।

त्यस्तै सचिवमा दिपेन्द्र बोहरा, सह सचिवमा सौजन लिम्बु, र कोषाध्यक्षमा दिपक पराजुली छन् भने प्रदेश पार्षदमा मनोज पराजुली, छबी सापकोटा र पुजा तिवारीलाई छनोट गरिएको छ । अन्य सदस्यहरुमा आशिष न्यौपाने, अनिल रानाथारु, भुवनराज उप्रेति, पुष्प भट्ट, उज्जल काफ्ले, अनिल चौधरी, सपना गुरुङ र सृजना पनेरु रहेका छन् ।

काठमाडौं शाखाको पहिलो अधिवेसनलाई सम्बोधन गर्दै एन्टोजका केन्द्रीय अध्यक्ष धनीराम शर्माले पर्यटन क्षेत्रको विकासका लागि पर्यटन पत्रकारको भूमिका उल्लेख्य हुने भएकोले त्यसतर्फ लाग्न पत्रकारहरुलाई आग्रह गरे ।

सम्वृद्धिका लागि पर्यटन संचार अभियान नाराका साथ नेपाल पर्यटन पत्रकार संघ (एन्टोज) को गठन ४ वर्ष अगाडी भएको भन्दै उनले संघलाई देशव्यापी विस्तार गर्ने अभियानमा लागि परेको पनि बताए । सरकारले २० लाख पर्यटक ल्याउने गरि २०२० लाई नेपाल भ्रम वर्ष मनाउने तयारी गरेकोले त्यसलाई सफल बनाउन पर्यटन पत्रकारले संचार माध्यम मार्फत अहम् भूमिका खेल्नुपर्नेमा जोड दिए ।

नेपाल पर्यटन पत्रकार संघ (एन्टोज) को क्रियाशील जिल्ला समितिको संख्या काठमाडौं थपिएपछि ६३ पुगेको हो ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]