Dabali News

अनुमतिको ढिलाइले कलेजो प्रत्यारोपण रोकियो

१९ असार

काठमाडौं । प्रत्यारोपण अनुमति ढिलाइले कलेजो प्रत्यारोपण सेवा स्थगित भएको टिचिङ अस्पताल कलोजो प्रत्यारोपण इकाइले जनाएको छ ।

अस्पतालले जेष्ठको दोस्रो सातादेखि सेवा सुरु गर्ने जनाएको थियो । प्रत्यारोपणको लागि अस्पतालले सरकारबाट अनुमति लिनुपर्छ । यही अनुमतिको लागि अस्पतालको कलेजो प्रत्यारोपण २ पटक प्रस्ताव निवदेन दिइसकेको थियो ।

पहिलो प्रस्ताव निवेदन एक वर्षअघि र दोस्रो निवेदन ६ महिनाअघि प्रस्तावित गरेको थियो । ‘अनुमति प्रस्तावका लागि २ पटक निवेदन पेश गरिसक्यौं, अहिलेसम्म हुन सकेको छैन,’ टिचिङ अस्पताल कलेजो प्रत्यारोपण इकाइका संयोजक डा. रमेश भण्डारीले भने ।

उनका अनुसार मन्त्रालयमा मानव अंग प्रत्यारोपण समिति नभएकोले वर्षौं ढिलाइ भएको हो । यो कार्यक्रमको लागि पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाले बजेट समेत छुट्टयाइसकेका थिए । कार्यक्रमको लागि बजेट आएपछि अस्पतालले यो सेवाको लागि तयारी गरिसकेको छ ।

उनले भने, ‘प्रत्यारोपणको लागि आवश्यक आइसियु र विभाग दुवै तयारी भइसकेको छ, अनुमति पाए यो सेवा छिट्टै सुरु गर्छौं,’ कलेजो प्रत्यारोपण सेवा सुरु हुने घोषणा गरेपछि कलेजोका दर्जनौं बिरामी अस्पताल पुगेका थिए ।

अस्पताल प्रशासनका अनुसार अस्पतालमा एक जर्मनी कम्पनीसँग खरिद गर्न लागिएको कलेजो प्रत्यारोपणमा आवश्यक सामग्री पनि आउन ढिलाइ भएकाले पनि सेवा सुरु गर्न अप्ठेरो परेको थियो । ‘समयमै पठाउने भनेका सामानहरु कम्पनीले ढिलो पठाउने जानकारी दियो ।’ टिचिङ अस्पतालका प्रशासक मानबहादुर भट्टले भने, ‘अब महिना दिनभित्रै आइपुग्ला ।’

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]