Dabali News

मुग्लिन-नारायणगढ सडक रातभरी पनि नखुल्ने, यात्रुको कन्तबिजोग

१८ असार

काठमाडौँ । अबिरल वर्षासँगै आएको पहिरोले अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडकखण्ड अझै खलाउन सकिएको छ । पहिरो पन्छाउने कार्य जारी रहेपनि सोमबार रातिसम्म पनि सडक खुलाउन मुस्किल भएको ।

सोमबार करिब १२ बजेबाट सडक अवरुद्ध भएपछि काठमाडौँ आउँदै गरेका र गएका सबै सवारी साधानहरु रोकिएका छन् ।

प्रहरीका अनुसार तोपेखोलामा ठूलो पहिरो खसेको छ । त्यस्तै गरी तोपेखोलाको अलवा जलविरे, भालुढुङा लगायतका ३ स्थानमा पनि पहिरो खसेको छ । जसको कारण सडक दुबैतिरबाट अबरुद्ध भएको छ ।

तीब्र गतिमा काम भएपनि अझै कम्तिमा ८ घण्टा समय लाग्ने बताइएको छ । सडक अबरुद्ध हुँदा यात्रुको बिजोग भएको छ । सडक छेउछाउमा होटल नभएको र भएपनि महंगा छन् । बाहिर पानी परिरहेको छ । गाडीमै बस्न बाध्य छन् । बच्चा र बिरामीको कन्तबिजोग नै भएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]