Dabali News

श्रीमती बनाउँछु भन्दै २५ वर्षदेखि ७९ वर्षीय बृद्धालाई यौन शोषण गर्दै अाएका त्रिलोकान्ध अझै सम्पर्कविहीन

चिनियादेवीले गरिन् आफूलाई न्याय दिलाउन सबैसँग याचना

१८ असार

काठमाडौं । चिनियादेवी ताम्राकारलाई श्रीमती स्वीकारेर विगत २५ वर्षदेखि यौन सम्बन्ध राख्दै आइरहेका लाजिम्पाटका त्रिलोकान्ध वैद्य अझै सम्पर्कविहीन छन् ।

त्रिलोकान्धले समस्यामा परेकी साली चिनियादेवीलाई सहयोग गर्ने बहानामा २०५४ सालतिर देखिनै आफ्नो लाजिम्पाट घरमा ‘सहारा’ दिएर राखेको र कालान्तरमा यौन तुष्टी मेटाउने कुकृत्यतर्फ लागेको घटनाश्रृंखला बारम्बार बाहिर आइरहेका छन् । यता सँगै रहँदाको साली–भेनाजुको सम्बन्ध विस्तारै श्रीमान–श्रीमतीमा परिणत भएको चिनियादेवीले बताइन् ।

त्रिलोकान्धले आफूलाई श्रीमतीको रुपमा स्वीकार गरेकै कारण उनीसँग शारीरिक सम्पर्क (दाम्पत्य सम्बन्ध) भएको र दुवै श्रीमान–श्रीमती बनेर व्यवहार चलाउँदै आइरहेको उनले अनलाइन डबलीसँगको कुराकानीमा बताइन् । अहिले सँगै जीवन बिताउने वाचालाई त्रिलोकान्धले धोका दिन खोजेको उनको भनाई छ । उमेरले अहिले त्रिलोकान्ध ७७ वर्ष र चिनियादेवी ७९ का हुन् । त्रिलोकान्ध पेशाले व्यापारी हुन् । उनका कर्तुत क्रमश बाहिर अाइरहेका छन् ।

यौनसम्पट छवि बनाइसकेका त्रिलोकान्ध अहिले चिनियादेवीलाई विचल्लीमा पारेर जेठी श्रीमती (चिनियादेवीकी दिदी) कोकिला वैद्यसँगको सम्पर्कमा मात्र रहेका छन् । श्रीमती मानेरै चिनियादेवीलाई त्रिलोकान्धले टोखाको रिमालबस्तीस्थित आफ्नै नाममा रहेको जग्गामा बनेको दुई तले घरमा लगेर राखे । जेठी श्रीमती कोकिलालाई भने लाजिम्पाटमै राखे । कोकिला गिरिजाप्रसाद कोइराला अन्तिमपटक प्रधानमन्त्री रहेका बेला अख्तियारबाट डामिएकी स्वास्थ्य मन्त्रालयकी पूर्व कर्मचारी हुन् । डामिएपछि उनी केही समय विदेश पनि भागिन् ।

टोखामा बस्न थालेपछि पनि कान्छी श्रीमती (चिनियादेवी)ले आफूलाई श्रीमतीको रुपमा कानूनी रुपमा नाता प्रमाणित गर्ने र आफ्नो अंश छुट्याउनेबारे बारम्बार कुरा राख्दै आइनन्, तर त्रिलोकान्धले मुखले ‘हुन्छ, हुन्छ’ भनेर टारिरहे । अन्ततः नाता प्रमाणित गर्नुत कता हो कता, कान्छी (चिनियादेवी) बसिरहेकी टोखाको उक्त घर उनलाई थाहै नदिई त्रिलोकान्धले स्थानीय विजेन्द्र श्रेष्ठलाई केही समय अघि मात्र ७२ लाखमा बिक्री गरे । तर चिनियादेवी त्यहाँबाट हट्न मानेकी छैनन् । आफूले नाता प्रमाणित र अंश नपाएसम्म कसैले भनेर नहुने अडानमा उनी छिन् । ‘कुनैपनि हालतमा घर नछाड्ने’ चिनियादेवीले बताइन् । श्रेष्ठले भने विभिन्न मान्छे लगाएर घर छाड्न, ‘नछाडे ठीक हुन्न’ भनेर धम्की दिइरहेको पीडितले बताइन् ।

अहिले आफू असुरक्षित अवस्थामा रहँदा पनि सुरक्षा निकायले बेवास्ता गरेको उनको गुनासो छ । ‘शान्ति सुरक्षा दिलाई पाऊँ’ भनी उनले गएको जेठ १३ गते महानगरीय प्रहरी परिसर प्रमुख टेकुलाई समेत निवेदन दिइसकेकी छिन् । साथै, आफूमाथि चरम अन्याय भएको कारण खुलाउँदै राष्ट्रिपति विद्यादेवी भण्डारीसमक्ष पनि ‘न्याय दिलाई पाऊँ’ भनी निवेदन दिएकी छन् । तर कतैबाट उनको याचनाको सुनुवाई भएको छैन ।

विजेन्द्रले बाहिरिया मान्छे ल्याएर घरको झ्याल, ढोका र भाँडावर्तन समेत तोडफोड गरेका छन् । उनले दिनदिनै धम्की दिइरहेको पीडितले बताइन् । अहिले चिनियादेवी श्रीमान त्रिलोकान्धको खोजीमा छन् । यसै सिलसिलामा चिनियादेवीले गएको जेठ १८ गते अनामनगरस्थित संवाद डबलीमा एक पत्रकार सम्मेलन गरी आफूमाथिको अन्यायबारे बेलिविस्तार सुनाइन् र न्याय दिलाउन सबैसँग अनुरोध गरिन् । यसबारे बुझ्न अनलाइन डबलीले बुझ्न सम्पर्क गर्दा हरेकपटक त्रिलोकान्धको मोवाइल छोरा नवराजले मात्र उठाइरहे । उनी सम्पर्कमा अाउन चाहेनन् ।

समस्या कसरी शुरु भयो ?

जब यौनलम्पट त्रिलोकान्धले बाहिरिया ‘केटा’हरु समेत लगाएर चिनियादेवीसँग शारीरिक सम्बन्ध राख्नेबारे सोच्ने र उस्तै व्यवहार गर्न थाले, त्यसले दुईबीच गम्भीर समस्या पैदा गरायो । यसबाट अन्य पात्रसँग पनि यौनसम्बन्धमा फसाएर चिनियादेवीलाई बद्नाम गराउने र श्रीमतीको दर्जाबाट गिराउने दाऊमा त्रिलोकान्ध लागेको कुरा प्रष्टै बुझ्न सकिन्छ । तर अस्मितासँग सम्झौता गर्न चिनियादेवीले अस्वीकार गरिन् । र, कुकर्मलाई असफल पारिदिइन् ।

त्यसपछि त्रिलोकान्ध जसरी पनि चिनियादेवीलाई अाफ्नो श्रीमती नाता प्रमाणित गर्नुको साटो घरैबाट निकाल्ने योजनामा लागे । चिनियादेवी बसिरहेको घर समेत बेचिदिए । अहिले त्रिलोकान्ध चिनियादेवीको ३५ लाख रुपैयाँ नगद र केही गहनासमेत कुम्लाएर सम्पर्कमा नआएका हुन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]