Dabali News

अखिल क्रान्तिकारीले सुरु गर्‍यो सिटिइभिटीको अनुगमन, शूल्क बढी लिनेको सूची तयार हुँदै

१८ असार

नेपालगंज । अखिल क्रान्तिकारीले सिटिईभिटीको अनुगमन सुरु गरेको छ । तोकिएको शूल्क कार्यान्वयन, भौतिक पूर्वाधार, सम्बन्धनबारे अनुगमन गरेको हो ।

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका सिटिईभिटी इन्चार्ज हर्क बिकको नेतृत्वमा महेन्द्रनगरबाट सुरु गरिएको छ । सिटिईभिटीका क्षेत्रिय कार्यालय र सम्बन्धन प्राप्त शैक्षिक संस्थाहरुको अनुगमन गरिएको बताइएको छ ।

“तोकिएको शूल्कभन्दा बढी लिएको विद्यार्थी र अभिभावकले गुनोसो गरेका छन् । त्यसैगरी मिलेमतोमा मापदण्ड पूरा नभएका शैक्षिक संस्थाहरुलाई सम्बन्धन दिइएको बारे संगठनमा गुनासा आएकोले अनुगमन सुरु गरेका हौँ” इन्चार्ज बिकले अनलाइन डबलीसँग भने ।

शूल्क बढी लिने र मापदण्ड पूरा नगर्ने शैक्षिक संस्थाको सूची तयार पारी कारवाहीको लागि सम्बन्धीत निकायलाई पठाउने बिकले बताए । सरकारले कारवाही नगरे संगठनले सिटिईभिटीका कर्मचारी र शैक्षिक संस्थाहरुको सूची सार्वजनि गरेर कारवाही गर्ने बताए ।

महेन्द्रनगरबाट सुरु गरिएको अनुगमन पूर्वसम्म पुग्ने बिकले जानकारी दिए । भर्नामा कुनै पनि शैक्षिक संस्थामा बढी शूल्क मागे संगठनमा सम्पर्क गर्न पनि अखिल क्रान्तिकारीले विद्यार्थी र अभिभावकलाई अाग्रह गरेको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]