आज :

राजबहादुर र भक्तबहादुर शाहीलाई १५ दिनभित्र उपस्थित हुन जनपरिषद् अछामको पत्र

अछाम । जनपरिषद नेपालले जिल्लाका दुईजनालाई १५ दिनभित्र उपस्थिति हुन भन्दै पत्र काटेको छ ।

विप्लव नेतृत्वका नेपाल कम्युनिस्ट पार्टी समानान्तर सत्ताको रुपमा गठन गरेको जिल्ला जनपरिषद अछामले जिल्लाको ढकारी गाउँपालिका– २ निवासी राजबहादुर शाही र भक्तबहादुर शाहीलाई पत्र काटेको हो । जिल्ला जनपरिषद् प्रमुख निरक शाहीले हस्ताक्षर गरेको पत्रमा दुबै जनालाई १५ दिनभित्र जिल्ला जनपरिषद्  कार्यालयमा उपस्थित हुन भनिएको छ ।

गत तीजको दिन सोही ठाउँ निवासी लोकेन्द्रबहादुर शाहीको मृत्युलाई लिएर निर्दोष व्यक्तिलाई राजनीतिक पूर्वाग्रहका आधारमा फसाउने उद्देश्यले आरोप लगाएर किटानी दिएको जनपरिषद अछामले बताएको छ । झुट्टा मुद्दा लगाएर दुबै जनाले स्थानीय कबिन्द्र शाही, तपेन्द्र शाही र राजेश शाहीलाई फसाउने षड्यन्त्र गरेको पत्रमा उल्लेख छ ।

“साउन १६ गते ढकारी गाउँपालिका–२ सावमा तीजको दिन लोकेन्द्रबहादुर शाहीको दुःखद् निधन भएको विषयलाइृ लिएर सोही ठाउँ बस्ने चक्रबहादुर शाहीको नाती, मानबहादुर शाहीको छोरा राजबहादुर शाही र सोही ठाउँ बस्ने रामबहादुर शाहीको नाती पदम शाहीको छोरा भक्तबहादुर शाहीले मृत्युको खास कारण पत्ता नलगाई र सत्यतथ्य छानविन नगरी राजनीतिक पूर्वाग्रहीका साथ षड्यन्त्रपूर्ण ढंगले निर्दोष व्यक्ति कबिन्द्र शाही, तपेन्द्र शाहीाा र राजेश शाहीलाई फसाउने उद्देश्यका साथ झुटा मुद्दा लगाएको भन्ने निज व्यक्तिहरुले भदौ २५ गते जिल्ला जन परिषद्मा दिएको उजुरीका आधारमा घटनाको निष्पक्ष छानविन गर्नुपर्ने हुँदा तपाई राजबहादुर शाही र भक्तबहादुर शाहीलाई पत्र प्राप्त भएको १५ दिनभित्र जिल्ला जन परिषद् अछामकाृे कार्यालयमा अनिवार्य उपस्थितिको लागि यो पत्रमार्फत जानकारी गराइन्छ” पत्रमा उल्लेख छ ।

जनपरिषदले १५ दिनभित्र उपस्थित नभए जनअदालतमार्फत आवश्यक कारवाही अगाडि बढाउने चेतावनी समेत दिएको छ ।

यसअघि उक्त घटनामा निर्दोष व्यक्तिलाई फसाउने षड्यन्त्र भएको भन्दै जन परिषद र नेकपा अछामले विज्ञप्ति जारी गरेर विरोध जनाएका थिए ।

यस्तो छ जन परिषदको पत्र 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal