आज :

बसले किच्दा बालकको मृत्यु

नुवाकोट । बट्टार बजारमा बसले किच्दा एक बालकको मृत्यु भएको छ ।

तारकेश्वर गाउँपालिका-६ गोस्र्याङ घर भएका ६ वर्षिय युनिक तामाङको बुधबार दिउँसो केरुङ यातायातको बा ४ ख ७५०४ नं.को बसले किच्दा ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

बालकको घटनास्थलमै ज्यान गएपछि आक्रोशित स्थानीयले चालकलाई सख्त घाइते हुने गरी कुटपिट गरेका छन् भने बस तोडफोड गरि क्षति पुर्याइएको छ । घाइते चालकको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

मृतकका आफन्तले बस जलाउने प्रयास गरेपछि भीड तितरबितर पार्न प्रहरीले ५ सेल अश्रुग्यास प्रहार गरेको थियो । मृतकका आफन्तले दोषीलाई कडा करबाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन माग गरेर बट्टार बजार बन्द गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal