Dabali News

बिरु र रेखाबीच जनवादी विवाह, एकीकृत जनक्रान्ति पूरा गर्ने कसम

१३ असार

धनगढी । नेपाल कम्युनिस्ट पार्टीका कैलाली जिल्ला सचिवालय सदस्य वीरबहादुर तिरुवा ‘विरु’ र रेखा रसाइलीबीच जनवादी विवाह सम्पन्न भएको छ । पश्चिमा संस्कृतिका प्रवेश र रंगिन दुनियाँले विरु र रेखालाई छोएन । उनीहरुले पार्टीलाई साँचि राखेर फुलमाला र अविर एक अर्कालाई लगाएर विवाह गरेको घोषणा गरे ।

माओवादीले जनयुद्धमा विकास गरेको विवाह संस्कृतिलाई आत्मसात गर्दै विरु र रेखाले पार्टी र जनताको सेवा गर्ने कमस खाएर विवाह गरेका छन् । अहिले विवाह गरेपछि रमाइलो ठाउँमा ‘हनिमुन’ मनाउन जाने चलन छ तर विरु र रेखाले भने असारको महिना भएकोले जनताको खेतमा गएर रोपाईमा सहभागी हुने घोषणा गरेका छन् । विवाहपछि बोल्दै भने, “प्राकृति नियम भएकोले हामीले विवाह गरेका हौँ । हाम्रो विवाहलाई देश र जनताको हितमा लगाउने प्रयास गर्नेछौं । हामी कतै हनिमुन मनाउँन जाँदैनौं, जनताको खेतबारीमा गएर रोपाईमा सहभागी हुनेछौं ।”

विवाहमा नेकपा कैलालीले आयोजना गरेको हो । विरु र रेखा दुबै नेकपाका कार्यकर्ता हुन् । नेकपाका नेता–कार्यकर्ताहरुले सफल दाम्पत्यको शुभकामना दिएका थिए ।

नवविवाहित जोडीले नेकपाले अगाडि सारेको एकीकृत जनक्रान्तिमा आफूहरुले लाग्ने कसम खाएका थिए । यो विवाहले फेरि जनयुद्धमा हुने विवाहको झल्को दिएको थियो । जनयुद्धमा पनि एकले अर्काको सपना पूरा गर्ने कसम खाएर विवाह हुने गरिन्थे ।

पञ्चेबाजा बजाएर विवाह गर्ने, दुलहीको शरीर सुनले ढाक्ने र ‘हनिमुन’को नाममा लाखौं रुपैयाँ सकेर महंगो ठाउँ घुम्न जानेहरु क्रान्तिकारी कम्युनिस्ट नेताहरुलाई विरु र रेखाको विवाहले चुनौती दिएको छ ।

 

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]