आज :

कामपा र नानजिङ सिटीबीच भगिनी सम्झौता

काठमाडौं । काठमाडौँ महानगरपालिका र चीनको जियांग्सु प्रान्तको राजधानी नानजिङ सिटीबीच भगिनी सम्वन्ध स्थापितका लागि सम्झौतापत्र आदन-प्रदान भएको छ ।

नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका चीनका राष्ट्रपति सीचिनफिङ र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको समुपस्थितिमा यी दुई सहरबीच भगिनी सम्बन्ध स्थापित गर्ने सम्झौतापत्र काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आदन-प्रदान गरे ।

यी दुई सहरबीच भगिनी सम्वन्ध स्थापित गर्ने सम्वन्धमा यस अघि नै सहमति भए पनि यसले मूर्तरुप भने आज मात्रै प्राप्त गरेको हो । यो चीनको आठ ठूलो सहर हो । काठमाडौं महानगर र नानजिङ सहरबीच संस्कृति, सभ्यता र सम्पदाजन्य ज्ञान आदानप्रदानका लागि मितेरी सम्बन्धको सम्झौता गत असारमै भएको थियो ।

यी दुई सहरबीच भगिनी सम्वन्ध स्थापितका लागि सम्झौतापत्र आदन-प्रदानपछि दुई देश नेपाल र चीनसँगै यी दुई सहरबीचको पनि संस्कृति, सभ्यता र सम्पदाजन्य ज्ञान आदानप्रदान र नेपालको पर्यटन विकासमासमेत सहयोग पुग्ने अपेक्षा काठमाडौं महानगरपालिकाले गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal