Dabali News

७ नम्बर प्रदेशका अर्थमन्त्रीले कर्णाली प्रदेशका हुम्ला र डोल्पामा योजना बाडे (हेर्नुहोस् रातो किताव)

१३ असार

धनगढी । बजेट हरेक सरकारको मेरुदण्ड हो । यो जनताको जीवनसँग जोडिएर ल्याइन्छ । सरकारले देश र जनताको गर्ने योजना बजेटमा ल्याइन्छ । देशको विकास कतातिर लैजाने भन्ने कुरा बजेटले निर्भर गर्छ । बजेट निर्माण गर्दा विज्ञता र राजनीतिज्ञ दुईटैको आवश्यक हुन्छ । आर्थिक क्षेत्रको जानकारी आवश्यक हुन्छ तर त्यो भन्दा ठूलो कुरा हरेक कुराको नेतृत्व राजनीतिले गर्ने भएका कारण कुशल राजनीतिज्ञको नेतृत्वमा बनेको बजेटले मात्रै देश विकास गर्न सक्छ ।

बजेट जस्तो गम्भीर विषयलाई सामान्य रुपमा लिनु हुँदैन भन्ने मान्यता स्थापति भएको छ । हरेक पेजको, हेरक लाइन, शब्द र अक्षरमा ख्याल गर्नुपर्ने हुन्छ तर प्रदेश नम्बर सातको बजेट पुस्तिका र गाईजात्रामा प्रकाशन गरिने पत्रिका, एल्बम र गरिने जोक–मजाक एउटै एउटै छन् । आफ्नो प्रदेशको लागि ल्याइएको बजेटमा त्यो पनि रातो कितावमा प्रकाशित भएको । छलफलको लागि सांसदका हातहातमा पुगेको रातो कितावमा यस्तै मजाक गरिएको देखिएको छ ।

प्रदेश नम्बर ७ को आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रकाशन गरेको रातो कितावमा कर्णाली प्रदेशका हुम्ला र डोल्पामा बजेट विनियोजन गरिएको छ । जुन कुनै पनि अर्थमा त्यो सम्भव छैन ।

रातो कितावको पेज नम्बर ९० र ९१ मा बजेटको कोड नम्बर ८.६.३४.५८ मा हेप्का नदी नियन्त्रण, हुम्ला भन्दै ४ करोड बजेट विनियोजन गरिएको छ । त्यसैगरी कोड नम्बर ८.६.३४.७३ मा भेरी नदी निणयन्त्रण र ७४ मा साल्दाङ रापा नदी नियन्त्रण र घट्टेखोला नियन्त्रण भन्दै डोल्पमा योजना र बजेट बाँडिएको छ । तलमाथि प्रदेश नम्बरकै जिल्ला छन् तर बिचमा कर्णाली प्रदेशका जिल्ला कसरी अाए ?

एक ठाउँमा त्रृटी हुनु सामान्य मान्न सकिएला तर तीन ठाउँमा योजना र बजेट बाँडिनु भनेको सामान्य कुरा होइन । बजेटमा एउटा अंक, अक्षरले नै ठूलो समस्या ल्याउने भएपनि अर्को प्रदेशमा करोडौंका योजना बाँडिएको छ । त्यस्तै मन्त्रीले अाफ्नै पूर्ख्यौली गाउँमा रिङरोडसहित करोडौंका योजना बाँडेका छन् ।

बजेटको विरोधमा सत्तारुढ दलकै सांसदहरुले विरोध गर्दै आएका छन् । आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहोराले आगामी आर्थिक वर्षको लागि पेश गरेको बजेटमा कमिसनमा कनिके योजना भएको उनीहरुले विरोध गर्दै आएका छन् । असार १ गते पास गरिसक्नु पर्ने बजेट अझै पनि पास हुन सकेको छैन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ३९ जना सांसदमध्ये एक जनाले पनि संसदमा बजेटको पक्षमा बोल्न तयार नभएपछि संसदीय दलको बैठक बस्यो । बैठकले बजेटका पक्षमा बोल्न र पास गर्न सांसदहरुलाई पार्टीले हुयीप नै जारी गर्नु परेको थियो । तर, पनि सांसदहरुले खुलेर बजेटको पक्षमा बोल्न तयार भएका छैनन् ।

बजेट अन्तुलित, खल्तीबाट निकालिएका योजना, कनिके योजना, प्रदेश स्तरमा गौरवका योजना छनोट नपरेका भन्दै सांसदहरुले संसदमा अर्थमन्त्री झपटबहादुर बोहोराको समेत विरोध गरेका छन् । त्यस्तै पानीको मुहान नै नहुने ठाउँमा सिँचाइ योजनाको लागि करोड बजेट वितरण गरिएको छ ।

सत्तारुढ दलकै सांसदहरुले नै रातो किताबलाई गाईजात्रे पत्रिका भन्न थालेका छन् । अार्थिक क्षेत्रका विज्ञ भन्दै पूर्व माओवादी केन्द्रको तर्फबाट बोहोरा मन्त्री बनेका थिए । बोहोराले ल्याएको बजेटमा अर्थतन्त्रको विज्ञता र राजनीति ज्ञान नदेखिको सांसदहरुको अारोप छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]