आज :

नेपाल टेलिकममा ३७ हजार फोरजीका ग्राहक थपिए

काठमाडौं । एकै दिन ३७ हजार फोरजी प्रयोगकर्ता नेपाल टेलिकममा थप भएका छन् ।

बुधबार देशका विभिन्न ५ दर्जन सहरमा फोरजी विस्तार गरेको एक दिनमै सो संख्या बराबरका ग्राहक फोरजी सेवामा आबद्ध भएको कम्पनीका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए ।

उाका अनुसार यो संख्या पुराना टूजी र थ्रीजी प्रयोगकर्ता फोरजीमा आबद्ध भएका हुन् । संख्यात्मक हिसाबले एकै दिन थप भएका फोरजी ग्राहकमध्ये यो अहिलेसम्मकै उच्च हो ।

३ वर्ष अगाडि फोरजी सेवा सुरु गरे पनि टेलिकमका अहिलेसम्म ८ लाख मात्र फोरजी ग्राहक थिए । बुधबार यो सेवा विस्तार भएसँगै फोरजीमा आबद्ध हुने ग्राहकको संख्या तीव्र रूपमा बढेको उनले बताए ।

टेलिकमको फोरजी-एलटीई नेटवर्क विस्तार परियोजना अन्तर्गत करिब ६५ लाख फोरजी ग्राहक थप हुने अनुमान गरेको छ । हाल विस्तार भइरहेको नेटवर्कको अधिकतम क्षमता नै त्यति भएकोले ग्राहक वृद्धिमा यसले सहयोग पुर्याउने अधिकारीको विश्वास छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal