आज :

अखिल क्रान्तिकारीका लुम्बिनी संयोजक बिकसहित तीन जनालाई सर्वोच्चको गेटबाटै पुनः गिरफ्तार 

काठमाडौं । अखिल क्रान्तिकारीका नेता नेतालाई प्रहरीले सर्वोच्च अदालतको गेटबाटै पुनः गिरफ्तार गरेको छ । विहीबार सर्वोच्चले रिहा गर्न आदेश दिएलगत्तै तीनै नेतालाई प्रहरीले पुनः गिरफ्तार गरेको हो ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी स‌ंयोजक विरेन्द्र विक, शारदा भण्डारी र नयनसिंह खडकालाई प्रहरीले केही दिन पहिले नवलपरासीबा गिरफ्तार गरेको थियो । संगठनका शान्तिपूर्ण कार्यक्रममा रहेको बेला गिरफ्तार गरेको भन्दै अखिल क्रान्तिकारीले विरोध जनाउँदै आएको थियो ।

तीनै नेताहरुलाई प्रहरीले गैरकानुनी रुपमा गरेको भन्दै परिवारका सदस्यले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । उक्त रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले रिहा गर्न आदेश दिएको थियो ।

पुनः गिरफ्तार गरेर तीनै जनालाई कहाँ लग्यो भन्ने जानकारी परिवारलाई समेत प्रहरीले जानकारी नदिएको बताइएको छ । परिवारका सदस्यहरुले बेपत्ता पारेको आशंका व्यक्त गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal