आज :

टेलिकमको फोरजी सेवा ३६ जिल्लाका ५९ शहरमा पुग्यो, माघसम्म देशैभर

काठमाडौं । नेपाल टेलिकमले फोरजी सेवा बिस्तार गरेको छ । यसअघि काठमाडौं र पोखरामा सिमित भएको फोरजी सेवा बुधबारबाट ३६ जिल्लामा पुगेको छ ।  अब३६ जिल्लाका ५९ शहरबासीहरु फोरजी/एलटीई सेवाको प्रयोग गर्न सक्नेछन् । यसको लागि टेलिकमले १८ अर्ब लगानी गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो फोरजीमार्फत कुराकानी गरेसँगै सेवा शुभारम्भ भएको थियो । बढी व्यासायीक कारोबार हुने र जनघनत्व भएका शहरमा टेलिकमले फोरजी सेवा पुर्‍याएको हो । ग्राहकलाई थप स्तरीय सेवा दिन, फोरजीले राजश्व बढाउन र कम्पनीलाई बलियो बनाउन विस्तारिता सेवाले सघाउने टेलिकमले बताएको छ ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले देशभर भएको फोरजी सेवाको सुरुआतले सरकार हरेक दिन एक् पाइला अघि बहिढरेको छ भन्ने पुष्टि भएको बताए । फोरजी सेवा सुरुआत गरेर प्रविधिमा गरिएको विकासलाई देखाएको प्रधानमन्त्रीको भनाई थियो । त्यसैगरी सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले सरकारी कम्पनी भएकाले नागरिलाई सस्तो र भरपर्दो सेवा दिन टेलिकमले दिने बताए ।

फोरजी सेवा शुभारम्भ कार्यक्रममा टेलिकमका सञ्चालक समिति अध्यक्ष महेन्द्रमान गुरुङले विस्तार फोरजी मात्रै नभएर फाइभजी सेवाका जग समेत भएको  बताए । टेकिलमले डिजिटल पेमेन्ट गेटवेका रुपमा मोबाइकल मनी सेवा पनि थाल्न लागेको पनि गुरुङले सो अबसरमा जानकारी दिए । उनले फोरजी सेवाको विस्तारले समग्र देशको अर्थतन्त्र र नागरिकको जीवनस्तर सुधार पनि सहयोप पुग्ने बताए ।

अब बाँकी जिल्लामा माघसम्म फोरजी सेवा पुर्‍याउने लक्ष्य टेलिकमले लिएको छ । सम्झौता भएको एक बर्षमै देशभर सेवा पुर्‍याउने टेलिकमले जनाएको छ ।  चिनियाँ कम्पनी जेडटिई कर्पोरेशन र हङकङको सिसिएसआई कम्पनीसँग गत माघमा सम्झौता भएको थियो ।

नेपाल टेलिकमले यो सेवा ८०० मेगाहर्ज र १८०० मेगाहजको फि्रक्वेन्सीमा चलाएको छ । अब २३०० मेगाहर्ज पनि फोरजीका लागि उपयोग गरिनेछ । टेलिकमले यो सेवालाई ‘एलटीई ए’ अर्थात आधुनिक एलटीई भनेको छ । यसमा अधिकतम् २४७ एमबीपीएसको गतिमा डाटा सेवा प्राप्त हुन्छ । औसतमा यस्तो गति १३० एमबीपीएस रहेको टेलिकमको दाबी छ ।

टेलिकमका अनुसार यो सेवा लिनलाई सुरुमा सेवा दर्ता गर्नुपर्छ । हाल टुजी र थ्रीजी नेटवर्कमा सिम चलाइरहेका ग्राहक *444# डायल गरी फोरजी नेटवर्कमा आबद्ध हुन सक्नेछन् ।

ग्राहकले *444# डायल गर्दा आफ्नो सिम फोरजी सेवाका लागि परिवर्तन गर्नुपर्ने वा नपर्ने थाहा पाउन सक्नेछन् । यो नम्बरमा रिक्वेस्ट गर्दा फोरजी सेवा एक्टिभ नहुने अवस्थाको सिम भए नयाँ लिन अनुरोधसहित नोटिफिकेशसन आउनेछ ।

र, ग्राहकले नजिकैको टेलिकमको ग्राहक सोव केन्द्रमा गएर सिम परिवर्तन गर्न सक्नेछन् । यस्तो सिम लिँदा ग्राहकले एक रुपैयाँ पनि पैसा तिर्नुनपर्दैन । पहिलोपटक फोरजी/एलटीई नेटवर्कमा रजिष्टर हुने ग्राहकलाई २ दिनको समयावधिसहितको २ सय एमबी डाटा बोनसको रुपमा उपलब्ध हुने टेलिकमले जनाएको छ ।

फोरजी एलर्टी सेवा सञ्चालन भएका जिल्ला र शहरहरु

जिल्लाहरु

१ धनकुटा २. झापा ३. मोरङ ४. सुनसरी ५. बारा ६. चितवन ७. धादिङ ८. धनुषा ९. दोलखा १०. काभ्रेपलाञ्चोक ११. महोत्तरी १२. मकवानपुर १३. नुवाकोट १४. पर्सा १५. रामेछाप १६. रसुवा १७. रौतहट १८. सर्लाही १९. सिन्धुली २०. वाग्लुङ २१. कपिलवस्तु २२. म्याग्दी २३. नवलपरासी २४. पाल्पा २५. पर्वत २६. रुपन्देही २७. बाँके २८. बर्दिया २९. दाङ ३०. सुर्खेत ३१. कैलाली ३२. कञ्चनपुर ३३. तनहुँ ३४. मुस्ताङ ३५. लमजुङ ३६. सप्तरी रहेका छन् ।

शहरहरु

१. भीमदत्त २. झलारी पिप्लाडी ३. अत्तरिया ४. धनगढी ५. चौमाला ६. मसुरिया ७. सुख्खड ८. लम्की ९. टिकापुर १०. सुर्खेत ११. गुलरिया १२. कोहलपुर १३. नेपालगञ्ज १४. घोराही १५. लमही १६. तुलसीपुर १७. बेनी १८. कुस्मा १९. बागलुङ २०. तानसेन २१. लुम्बिनी २२. भैरहवा २३. मंगलापुर २४. बुटवल २५. मुर्गिया २६ सुनवल २७. देवदह २८. परासी २९. वर्दघाट ३०. भरतपुर ३१. टाँडी ३२. सौराहा ३३. धादिङ ३४. विदुर ३५. धुन्चे ३६. बनेपा ३७. धुलिखेल ३८. पनौती ३९. हेटौंडा ४०. सिमरा ४१. वीरगञ्ज ४२. कलैया ४३. चरीकोट ४४. मन्थली ४५. सिन्धुपाल्चोक ४६. गौर ४७. मलंगवा ४८. जलेश्वर ४९. जनकपुर ५०. धनकुटा ५१. धरान ५२. इटहरी ५३. इनरुवा ५४. विराटनगर ५५. दमक ५६. विर्तामोड ५७. चन्ऽगढी ५८. बेसीशहर ५९. भारदह रहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal