Dabali News

मलेसियामा कामदार चढेको बस दुर्घटना हुँदा ३६ जना नेपाली घाइते, यस्तो छ अवस्था

११ असार

काठमाडौं । मलेसियामा कामदार सवार बस दुर्घटनामा परेको छ ।

मलेसियाको पेनाङस्थित पया र्टेवोङमा कामदार बोकेको प्लेकसस् कम्पनीको ‘सी’ साइडमा काम गर्ने कामदार बोकेको बस सोमबार विहानै दुर्घटनामा परेको हो । बसमा ६० जना कामदार सवार भएको र जसमा ३६ नेपाली कामदार घाइते भएको बताइएको छ । उनीहरुमध्ये केहीको अवस्था गम्भीर रहेको छ ।

स्थानीय समय अनुसार बिहान ५ः३० बजे दुर्घटना भएको हो ।

नीहरुको पालुवा पेनाङ अस्पतालमा उपचार भइरहेको घाइते भएका दाङका सागर मगरले बताए । घाइतेमध्ये अधिकांशको टाउको, हात र खु्ट्टामा चोट लागेको उनले बताए । घटनाका प्रत्यक्षदर्शी झापाका सागर उप्रेतीका अनुसार घटना लगत्तै मलेसियाको उद्धार टोली आएर अस्पताल लगेको थियो । ‘म तरकारी किन्न जाँदै थिए । साथीहरु दुर्घटनामा परेर सडक छेउमा लडिराख्नुभएछ, केही मात्रै गम्भीर घाइते भएको देखिन्छ र अरु सामान्य घाइते छन्’ उप्रेतीले भने ।

प्लेकसस् अमेरिकी कम्पनी हो । विद्युतीय सामान उत्पादन गर्ने यो कम्पनीमा नेपाली मात्रै एक हजार भन्दा बढी कार्यरत छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]