Dabali News

भूमि सुशासनसम्बन्धी ‘मोबाइल एप्लिकेसन’को शुरुआत

१० असार

काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले भूमि सुशासनसम्बन्धी पहिलो मोबाइल एप्लिकेसनको शुरुआत गरेको छ ।

मन्त्रालयमा आज आयोजित कार्यक्रममा कृषिमन्त्री चक्रपाणि खनालले उक्त एप्लिकेसनको शुभारम्भ गर्दै यसमा मन्त्रालयका प्राथमिकता प्राप्त कार्यक्रमका उपलब्धिबारे जानकारी, मन्त्रालयअन्तर्गतबाट प्रदान हुने सेवा, वडापत्र, मन्त्रालयअन्तर्गतका कार्यालयको कार्यक्षेत्र, सेवाग्राहीले सेवा लिँदा पेश गर्ने निवेदनका ढाँचा, सम्बन्धित नीति नियम र कानूनबारे जानकारी, भूमि शब्दकोष, नापी क्यालकुलेटरलगायत सुविधा समेटिएका छन् ।

सो अवसरमा मन्त्री खनालले मन्त्रालयले जनतालाई प्रत्यक्ष अनुभूति हुने गरी गुनासो सम्बोधन गर्न आफू क्रियाशील रहेको बताए । एप्लिकेसन सानो शुरुआत भए पनि सेवाग्राहीका लागि महत्वपूर्ण रहने उनको भनाइ छ ।

उनले भने, “सेवाग्राहीले जतिबेला जहाँ चाहे पनि सेवा लिनसक्ने र सरकारले जसलाई जतिखेर जाँच गर्न सक्ने व्यवस्था आवश्यक छ ।” अरु क्षेत्रभन्दा भूमि क्षेत्रमा बढी समस्या देखिएको भन्दै उनले नापीमा हाल रहेको व्यस्थामा सुधार जरुरी रहेको आँैल्याएका छन् ।

कार्यक्रममा राज्यमन्त्री रामकुमारी चौधरी, सचिव गोपीनाथ मैनालीलगायत उपस्थित भएका थियो भने मन्त्रालयका सहसचिव जनकराज जोशी एप्लिकेसनका बारेमा जानकारी गराएका थिए ।

उक्त एप्लिकेसन स्मार्ट मोबाइल फोनमा ‘डाउनलोड’ गरेपछि इन्टरनेट नभए पनि चलाउन सकिन्छ । यो एप्लिकेसनका जानकारीले सेवाग्राहीलाई नापी तथा मालपोतका सेवामा सहजता ल्याउने र यस कार्यका लागि मध्यस्तकर्ताको आवश्यकतासमेत नपर्ने विश्वास लिइएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]