Dabali News

एसईईको नतिजा सार्वजनिक, कुन ग्रेडमा कति विद्यार्थी उत्तीर्ण भए ?

९ असार

भक्तपुर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ । शनिबार नतिजा अबेर सार्वजनिक भएको हो । परीक्षा बोर्डको बैठक बसेपछि पत्रकार सम्मेलन गरेर नतिजा सार्वजनिक भएको जानकारी दिएको हो ।

गत चैत आठ गतेदेखि सञ्चालन भएको एसईई परीक्षामा २ लाख ५९ हजार ७ सय ३२ छात्र र २ लाख ७८ हजार ४ सय ५० छात्रा गरी जम्मा ५ लाख ३८ हजार १ सय ८२ परीक्षार्थीले परीक्षा दिएका थिए । परीक्षा बोर्डले नियमित आंशिक, संस्कृत र प्राविधिकतर्फ सबैको नतिजा आजै सार्वजनिक भएको जानकारी दिएको छ ।

सार्वजनिक नतिजा अनुसार नियमिततर्फ पहिलो ग्रेड जिपिए ३.६५ देखि ४ सम्म ल्याउने विद्यार्थीको संख्या १४ हजार दुई सय ३४ रहेको छ ।
त्यस्तै ३.२५ देखि ३.६० सम्म ल्याउने ४६ हजार एक सय ३० र २.८५ देखि ३.२० ग्रेड ल्याउने विद्यार्थी ४९ हजार ३७ रहेका छन् ।
७० हजार ५ सय १२ जनाले २.४५ देखि २.८० सम्म ग्रेड हासिल गरेका छन् भने ६१ हजार ८ सय ७० जनाले २.०५ देखि २.४० ग्रेड प्राप्त गरेका छन् ।

१.६५ देखि २ सम्म ग्रेड ल्याउने छात्रछात्राको संख्या एक लाख १० हजार ४३ छन् । १.२५ देखि १.६० सम्म ग्रेड ल्याउने विद्यार्थी संख्या ३५ हजार ५ सय ८४ छन् । अन्तिम ग्रेड ०.८५ ल्याउने विद्यार्थी नै छैनन् ।

परीक्षामा सहभागी भएका ३० जनाको रद्द भएको जानकारी पत्रकार सम्मेलनमा दिइयो ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]