आज :

गौरीगंगा नगरपालिकाको वडा कार्यालयमा तोडफोड, वडाध्यक्षमाथि हातपात

कैलाली । अज्ञात समूहले एक वडा कार्यालयमा तोडफोड गरेका छन् ।

जिल्लाको गौरीगंगा नगरपालिका-२ को कार्यालयमा आज करिब १२ बजेतिर तोडफोड गरिएको हो ।

पुरानो चौमाला बजारमा रहेको वडा कार्यालयको कम्प्यूटर, प्रिन्टर, टेवुलमा क्षति भएको वडा अध्यक्ष जनकबहादुर साउँदले जानकारी दिए ।

कार्यालयमा बसिरहेको बेलामा अज्ञात समूहले आफुमाथी हातपातसमेत गरेको उनले बताए । उनले भने,” कार्यालय भित्र बसिरहेको अवस्थामा दुई मोटरसाईकलमा आएका ६ जनाको समूहले सामानहरु तोडफोड गरि ममाथि हातपात गरे , प्रतिकार गर्न खोज्दा उनीहरु भागे । सबैले मास्क लगाएर आएको हुँदा चिन्न सकिएन ।”

वडा अध्यक्षमाथि हातपात र सामान तोडफोड गर्ने अज्ञात समूहहरुको खोजी कार्य भईरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal