Dabali News

‘राजी’ ले २ सय करोड कमायो

६ असार

काठमाडौं । आलिया भट्ट र विक्की कौशल स्टार फिल्म ‘राजी’ २ सय करोड क्लबमा प्रवेश गरेको छ ।

करण जोहरको धर्मा प्रोडक्शनले निर्माण गरेको फिल्मले वर्ल्डवाइड २ सय ७ करोड कमाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

निर्माता करण जोहरले पनि ट्वीटरमार्फत फिल्म सफल भएको भन्दै कलाकारको प्रशंसा गरेका छन् । निर्देशक मेघना गुल्जारका अनुसार फिल्मले इण्डियन बक्स अफिसमा १२० करोडभन्दा बढीको ब्यापार गरेको छ ।

फिल्मले १९७१ को भारत र पाकिस्तान युद्धका क्रममा भारतीय युवतीले पाकिस्तानी आर्मी अफिसरसँग विहे गरेर जासुसी गरेको कथा बोकेको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]