Dabali News

कुवेतका काले-कालीको प्रेमलीला: बिना बाबुका सन्तान जन्माउनेदेखि लाखौ रुपियाँ ठग्‍नेसम्म

अभागी खप्परमा असफलताको अमिट छाप लगाएका नेपाली विदेशीको गुलामी गर्न परदेशीनुको पीडालाई थाती राखी माया प्रेममा भुलेका समाचारहरु सामाजिक संजालमा यत्रतत्र देख्छौं ।

पसिनासँगै साटेको पैसालाई सही काममा सदुपयोग गर्न छोडेर सात समुन्द्रपारी आएर पनि जोडी खोज्ने सपना देख्दा कतै जोडी खोज्न विदेश पसेको त होइन भन्ने भान हुन्छ । जीवनमा कसैको साथ र प्रेम त अनिवार्य चाहिन्छ तर आजकल साथ र प्रेमलाई सेक्सको आधारभूत आवश्यकताका रूपमा लिन थालिएको छ । सेक्स सन्तान प्राप्तिका लागि मात्रै नभएर मनोरञ्जन, आनन्द वा सुखका लागि पनि नभई नहुने चिज हो । तर आजकाल प्रेम र सेक्सले भयाबह स्थिति सिर्जना गराएको छ ।

मन मिल्यो भने माया गर्न उमेरले छेक्दैन भन्ने तथ्य यहाँ आएपछि साबित भएको भान हुन्छ, उमेरले डाँडा काटी सकेका, गालामा चाउरी परिसकेकेका धन कमाउने सपना बोकेर परदेशिएका डोरी लाहुरे-लाहुरेनीहरु मायामा भौतारी रहेका भेटिन्छन् । अझ केहि जोडी त भाइरल नै भइसके, कोहि हुँदैछन र हुनेवाला छन् | छोराछोरी भै नातीनातिनीको बिवाह गरिदिने बेला भइसकेका यहाँ सबै कन्या कुमारकुमारी जस्तै भएर लठारिन्छन । वातावरण हेर्दा यस्तो देखिन्छ कि यहाँ एक स्त्री वा पुरुषको बुटी बाँधेर आएको भेट्न कठिन नै छ ।

यहाँ माया गर्नेहरुका काले-काली, प्यारा-प्यारी, सानु-साने भन्न लाजै मान्दैनन् | फोनै फोनबाट बसेको प्रेम अन्तमा अस्थाई श्रीमान् श्रीमती भएर बस्नेसम्म पुग्छ । केहि जोडीहरु कुवेतमै गुमनाम भएका छन् त केहि जोडीले यतै बिवाह गरि बसेका छन् । कुवेतमा आम माफीको समयमा केहि नेपाली महिलाले ३९ जना अबैध रुपमा जन्माएका बच्चा लिएर स्वदेश फर्कनु पर्यो जसमा धेरै बाबु बिनाका बालबच्चा धेरै रहेका थिए । साथ र प्रेमले परदेशमा एक्लो महसुस नहुने भो, आर्थिक भार कम पर्ने भो, साथ र सहयोग मिल्ने भो, आवश्कता र इच्छा परिपूर्ति हुने भो तर धेरैको त्यो साथ र मायाँ धेरै दिन टिक्दैन र हुँदैन पनि । केटाका घरमा श्रीमती र सन्तान अनि केटीका घरमा श्रीमान र सन्तान हुँदा कयौं दिनसँगै बिताएका खुसीहरू विमानस्थल पुगे सँगै बिलिन हुन्छन । अनि ति मायालु जोडीहरु एक्लिन्छन । ति जोडीले सबै कुरालाई भुल्नु सिवाए केही हुँदैन | त्यो बाध्यता पनि हो | मनका वेदना लुकाई ओठमा मुस्कान देखाउन कतिको गाह्रो हुन्छ यो कुरा पीडितलाई मात्र थाहा हुन्छ ।

यस्तो सम्बन्धको परिणाम कतिसम्म घातक हुन्छ भन्ने पछिल्लो समय हाम्रो समाजमा थुप्रै उदाहरण देखिएको छ । उता पारिवारिक सम्बन्धहरु टुट्छन् । आमा–छोराछोरी, श्रीमान्–श्रीमती आदिमा फाटो ल्याउँछन् । पारिवारिक र सामाजिक कलह सिर्जना हुन्छन् । श्रीमानको माया र साथ नपाएका महिलाहरू अर्को बाटो समाउछन अनि श्रीमतीको साथ र माया नपाएका श्रीमानहरु पनि त्यहि बाटो रोज्न बाध्य हुन्छन । यी सम्बन्धले नराम्रो परिणाम ल्याउने सम्भावना उच्च रहन्छ ।

लाखौं रुपियाँ ठग्ने प्रेम जोडी

अमिल्दो सम्बन्धको परिणाम कतिसम्म घातक हुन्छ भन्ने कुरा आजभोली सामाजिक संजालमा छरपष्ट भेटिन्छन । अझ मिडियाकर्मी भएकाले होला दिनको १/२ केश त हामी कहाँ आएकै हुन्छन् । माया प्रेममा धोका दिएका कुरा खुलेर त भन्दैनन् तर आर्थिक रुपमा फसाएको र पैसा खाएर भागेको भन्दै गुहार माग्नेको चाही कमी हुन्न । त्यसमा सबैभन्दा बढी महिला पीडित बढी भेटिन्छन । अझ महिलालाई काम गरिरहेको घरबाटै भगाएर अलपत्र पार्ने सम्मको गिरोह सक्रिय छ । नेपाली दाजुभाइले माया जालमा फसाएर लाखौं रुपियाँ ठगेर बेपत्ता हुन्छन् । त्यसो त यस्ता ठगीका घटनामा महिला दिदीबहिनीहरुको पनि कमि चाही छैन । यस्ता केहि भित्री रुपमा मिलाइदिएका हुन्छौं, त केहि समस्या दूताबासमा राख्न सुझाब दिन्छौं ।

प्रेमीबाट लाखौ रुपियाँ ठगिएको भन्दै गुनासो लिएर आउने धेरै पीडितहरु न्याय पाउने आशमा भौतारी राखेका हुन्छन् । दुताबासमा गुनासो लिएर पुगेपनि दुताबासले कुनै किसिमको सहयोग नगरेको पिडितहरुको गुनासो छ । भने लेनदेनको कुनै प्रमाण र आधार नहुँदा पीडितले न्याय पाउने सम्भावना नभएको दुताबासका एक अधिकारीको भनाइ छ ।

परिवारको सुन्दर भविष्यको सपना बोकेर बिदेशिएका हजारौं नेपाली युवा-युवतीहरुको सपना ५०/५५ डिग्रीको तातोमा घाममा पोखिएका छन् । दश नङ्ग्रा खियाएर पसिनासँग साटेर कमाएको सम्पति स्वार्थी र झुठो प्रेम लीलाले समाप्त पारिदिएको छ | कसैका श्रीमती वा कसैका श्रीमान ताक्नु भन्दा परिवारको भविष्यका बारेमा सोच्न जरुरी छ । यस्ता सम्बन्धहरू दिगो हुँदैनन् । यस्ता सम्बन्धलाई प्रोत्साहन नगरौं ।

मन दिएर स्वार्थ लुट्ने काम पाप हो । कसैको पसिना खानु झन् महापाप हो । त्यसैले कसैको भावनासँग नखेलौ सबैले सोचौं । घर परिवार नभुलौं, विदेशमा कमाउँ स्वदेशमा परिवारसँगै रमाऔं ।

  • लेखक- हाम्रोसंचार डटकम हाम्रोस‌ंचार डटकमका कार्यकारी सम्पादक तथा नेपाल पत्रकार महासंघ कुवेत शाखाका कोषाध्यक्ष समेत हुन् ।
Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]