Dabali News

साथीहरुको कुटाईबाट ज्यान गुमाएका युवाको शव पुग्दा सिंगो गाउँ शोकमा

५ असार

काठमाडौं । साथीहरुको कुटाइबाट मलेसियामा ज्यान गुमाएका पर्वतका युवा किशोर केसीको शव ३ हप्तापछि नेपाल ल्याइएको छ ।

पर्वतको मोदी गाउँपालिका-५, बाजुङ धमिलपानी गाउँका मृतक केसीको शव सोमबार बिहान घरमा आएको हो । गत जेष्ठ १५ गते साथीहरुले कुटेरै उनको हत्या गरेका थिए ।

सोमबार बिहान मोदी खोलामा दाहसंस्कार गरिएको छ । बाबु भीमबहादुर केसीले छोराको शवमा दागबत्ती दिए । रोजगारीका लागि विदेश गएका युवाको अल्पायुमै आफ्नै साथीले कुटेर हत्या गरेपछि सिंगो गाउँ शोकमा डुबेको छ ।

मृतकको शव गाउँमा आएपछि सयौँ गाउँले श्रद्धाञ्जलि दिन पुगेका थिए । “सिंगो गाउँ नै शोकमा डुबेको थियो”, स्थानीयवासी तथा नेपाल कम्युनिष्ट पार्टी पर्वतका नेता भक्त कुँवरले भने “शव देखेपछि आँशु नझार्ने कोही भएन ।” रोजगारीकै लागि मलेसिया पुगेका पूर्वी नेपालका चारजनाले नसिवमाथि आक्रमण गरेका थिए ।

सँगै काम गर्ने नेपाली युवाले कुटपिट गर्दा गम्भीर घाइते भएका केसीको मलेसियाको पुत्रोदय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । साथीहरुले रडले प्रहार गर्दा केसीको पेटमा गहिरो चोट लागेको थियो ।

२० महिनाअघि रोजगारीका लागि मलेसिया पुगेका केसी परिवारका कान्छा सन्तान हुन् । उनी अविवाहित थिए । उनका पिता भीमबहादुर केसी पनि वैदेशिक रोजगारीमा जाने आउने गरिरहेका थिए । केसी कुटपिट गरी हत्या गर्ने साथीहरु चारैजना प्रहरी नियन्त्रणमा रहेपनि एकजनालाई दोषी देखाएर अन्य उम्केको छन् । चारैजना दोषी भएपनि एकजनालाई जिम्मेवारी स्वीकार गर्न लगाई अन्य रिहा भएको सूचना आएको बताइएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]