Dabali News

शिखर इन्सुरेन्स र फोटोपत्रकार क्लबको बिमा सम्झौता

३ असार

काठमाडौं । शिखर इन्सुरेन्स र फोटोपत्रकार क्लबले ग्लोबल आइएमई नेपाल फोटो प्रतियोगिता २०७५ को ‘नेपाल स्माइल विधा’ प्रयोजनका साथै फोटोपत्रकारको स्वास्थ्य, दुर्घटना र क्यामेराको बिमा सम्झौता गरेका छन् ।

शिखर इन्सुरेन्सको कार्पोरेट कार्यालय थापाथलीमा शनिबार आयोजित एक कार्यक्रममा शिखर इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डे र फोटोपत्रकार क्लबका अध्यक्ष विकास कार्कीले सम्झौतामा हस्ताक्षर गरे ।

ग्लोबल आइएमई नेपाल फोटो प्रतियोगिताको नेपाल स्माइल बिधामा प्रायोजन गरेको शिखर इन्सुरेन्सले २०७५ सालका लागि फोटोपत्रकारको क्यामेरामा २ लाख, स्वास्थ्यमा २ लाख र दुर्घटनामा ४ लाख गरी जम्मा ८ लाखको बिमा गर्ने सम्झौता गरेको हो ।

यस बिमा नीतिलाई आगामी वर्षमा पनि निरन्तरता दिने गरी सम्झौता भएको हो । कार्यक्रममा शिखरका प्रमुख कार्यकारी अधिकृत पाण्डेले फोटोपत्रकारसँग गरिएको बिमा सम्झौताले नेपाली फोटोपत्रकारिता क्षेत्रमा नयाँ मोड लिने बताउँदै यसलाई अझ फराकिलो दायरामा लैजाने जानकारी दिए ।

बिमा अन्तर्गत फोटोपत्रकारको क्यामेरा चोरी तथा सफ्टवेयर बिग्रेको अवस्थाबाहेक अन्य दुर्घटना, हुलदंगा, प्रकृतिक प्रकोप जस्ता क्षती क्लबको सिफारिसमा बिमा दाबी गर्न सकिने छ । फोटोपत्रकार क्लबका अध्यक्ष कार्कीले यो सहकार्यले फोटोपत्रकारलाई निर्धक्क साथ आफ्नो जिम्मेवारीमा लाग्न प्रेरित गर्ने बताए ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]