Dabali News

अभिनयसँगै गायनमा पनि रुचि राख्ने आलिया अब गायकी जीवनमै प्रस्तुत

३ असार

काठमाडौं । आलिया भट्टलाई धेरै पल्ट गाएको सुनिएको छ ।

उनले ‘हम्टी शर्मा कि दुल्हनियाँ’ मा गाएको ‘समझाँवा’ गीत सुपरहिट पनि भयो । त्यसपछि उनको आवाज ‘उड़ता पंजाब’ र ‘बद्रीनाथ की दुल्हनिया में’ पनि सुनियो ।

अभिनयसँगै गायनमा पनि रुचि राख्ने आलियाले अब भने गायकी जीवन नै पर्दामा प्रस्तुत गर्ने भएकी छिन् । उनले ‘बरेली कि बर्फी’ निर्देशक अश्विनी अयर तिवारीले निर्देशन गर्ने फिल्ममा गायिका बन्न स्वीकार गरेकी छिन् ।

‘राजी’ मा जासुसको भूमिकामा देखिएका आलियाले एक्लै फिल्मलाई सय करोड क्लबको छेउछाउ पुर्याएकी थिइन् । नाम तय भइनसकेको फिल्ममा गायिका बन्न चाहाने एक युवतीको यात्रालाई प्रस्तुत गर्ने छिन् ।

फिल्मलाई ‘दंगल’ निर्देशक नितेश तिवारीले निखिल मल्होत्रासँग मिलेर लेख्ने छन् । नितिश नाताले अश्विनीका पति हुन् । ऋालियाले केही दिनअघि नै अश्विनीको फिल्म गर्ने जानकारी गराएकी थिइन् ।
तर फिल्मको कथाको बारेमा केही पनि बोलेकी थिइनन् । तर उनले फिल्म गायकको कथा भएसँगै फिल्म ‘लाइट हर्टेड’ हुने बताएकी हुन् ।

उनले भनिन्, ‘अश्विनीले मलाई एकदमै राम्रो कन्सेप्ट सुनाएकी छिन् । योे फिल्मलाई लिएर म एकदमै उत्साहित छु । यसमा सिरियस फिल्ममा भन्दा बेग्लै केही गर्न पाइने कुरामा आशावादी छु ।’

पछिल्लो समय आलिया रनवीर कपुरसँगको अफेयरका कारण चर्चामा छिन् । ‘ ब्रम्हास्त्र’ मा सँगै काम गरेपछि अफेयरको खबर बाहिरिए पनि दुवैले यो विषयमा मौन थिए । तर केही समययता दुवैले घुमाउरो गरी आफूहरू सम्बन्धमा रहेको स्वीकारेका छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]