Dabali News

फेसन डिजाइनर नीता थापाले सुरु गरिन् ‘ब्यूटी हेरिटेज’

२ असार

काठमाडौं । रंगकर्मी तथा फेसन डिजाइनर नीता थापाले ‘ब्यूटी हेरिटेज’ सञ्चालनमा ल्याएकी छन् । शुक्रवार पूर्वमन्त्री प्रभु शाह, अभिनेता नरेन खड्का, बलिउड सेलिव्रेटी फेसन डिजाइनर विशाल कपूर र वरिष्ठ व्यूटिशियन कमला श्रेष्ठले संयूक्त रुपमा ‘ब्यूटी हेरिटेज’ को रिवन काटेर उद्घाटन गरे ।

यसमा महिलाका लागि हेयर स्टाइलसँगै बुटिकको सुविधा उपलब्ध छ । सञ्चालिका नीताले आफू बाल्यकालदेखि नै फेसन डिजाइनर र व्यूटिशियन बन्ने चाहना रहेको बताउँदै अब ‘ब्यूटी हेरिटेज’ बाट ती इच्छा पूरा गर्न लागेको बताइन् ।

सेता पूलबाट मैतीदेवीतर्फ अगाडि बढ्दै गर्दा राष्ट्रिय बाणिज्य बैंकको सामुन्नेमा ‘ब्यूटी हेरिटेज’ अवस्थित छ । सञ्चालिका नीता सहुलियत मूल्यमा ग्राहकलाई उत्कृष्ट सेवा पस्किने बताउँछिन् । आफ्नो पार्लरमा आउने कलाकारका लागि बिशेष छुटको व्यवस्था गरिएको पनि उनले बताइन् ।

‘ब्यूटी हेरिटेज’ को उद्घाटन गर्दै अभिनेता नरेन खड्काले नीताको पार्लरको सफलताको कामना गरे । यस्तै, व्यूटिशियन कमला श्रेष्ठले यो पार्लरले राम्रो सेवा दिने विश्वास व्यक्त गरिन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]